२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

यस्ता छन्, स्वास्थ्यका लागि रायोको साग खानुका फाइदाहरु


सञ्चार डबली
  • आइतबार, मंसिर ९ २०८१
  • 8.6K
    SHARES

  • यस्ता छन्, स्वास्थ्यका लागि रायोको साग खानुका फाइदाहरु


    काठमाडौं । रायोको साग हरेक मौसममा पाइने साग हो । बारीमा रायोको साग सजिलै उब्जाउन सकिन्छ । सायोको सागलाई तरकारीको रुपमा मात्र नभएर औषधीको रुपमा पनि प्रयोग गर्न सकिन्छ । रायोको साग मन नपराउँने मानिस सायद कमै होलान् । यो साग धेरैलाई मनपर्छ र यो खानुका पनि धेरै फाइदाहरु रहेका छन् ।

    साग खाँदा भिटामिन पाइन्छ भन्ने पनि सबैलाई थाहा भएकै कुरा हो । बिशेष गरि जाडो मौसममा रायोको साग जताततै पाईन्छ । रायोका साग बढी पोषणयुक्त तरकारीमा रायो पर्छ। यो स्वास्थ्यका दृष्टिले पनि अत्यन्त फाइदाजनक हुन्छ । रायोको साग खानुका फाइदाहरुरहेका छन् ।

    रायोको सागमा भिटामिन ए प्रशस्त मात्रामा पाइने भएकाले रतन्धो, बाथ, आदिबाट बचाउँन मदत गर्दछ ।

    रायोको सागमा पाइने फोलिक र म्याग्नेसियमले मानव शरीरमा रहने विभिन्न अनावश्यक वस्तुलाई बाहिर निकाल्ने गर्छ ।

    रायोको सागमा भिटामिन के प्रचूर मात्रामा पाइने हुनाले यो साग गर्भवतीका लागि अत्ति उत्तम मानिन्छ ।

    जाडोमा बाथका रोगीलाई हड्डी र गोडा दुख्ने समस्या हुने भएकाले रायोको साग सेवन गर्नु पर्छ । किनभने यसमा पाइने कपरले यस्तो समस्याबाट बचाउँदछ ।

    रायोको सागमा भिटामिन सी पनि पाइने भएकाले रुघाखोकी लागिरहने व्यक्तिलाई पनि फाईदा पुर्याउदछ ।

    रायोको सागको नियमित सेवन गर्नाले पिसाबनलीमा हुने पत्थरीलाई र क्यान्सरको जोखिमबाट बच्न सकिन्छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend