२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

तोक्मा, भाषा र सङघर्षको कथा नामक पुस्तक विमोचन कार्यक्रम सम्पन्न


सञ्चार डबली
  • सोमबार, कात्तिक २६ २०८१
  • 8.3K
    SHARES

  • तोक्मा, भाषा र सङघर्षको कथा नामक पुस्तक विमोचन कार्यक्रम सम्पन्न


    काठमाडौं । काठमाण्डौंको सुकेधारस्थित नवदुर्गा पार्टि प्यालेसको सभा हलमा शनिबार नेपाली भाषामा लिखित ङिमादावा तामाङ (पाख्रिन) को जिवनी तोक्मा, भाषा र सङघर्षको कथा नामक पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएको छ । बौद्ध शिक्षा विस्तार मैत्री धर्म द्दीप केन्द्रका पुर्व अध्यक्ष जेचुन सङ्गे खण्डो रिन्पोछेको सभापतित्वमा कार्यक्रम संचालन गरिएको थियो ।

    उक्त पुस्तक विमोचन कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका मेयर मिठाराम अधिकारी लगायत विभिन्न राजनितिक दलका नेता, साहित्यकार, कलाकार, समाजसेवी, धर्म गुरुहरुको सहभागिता तथा मन्तब्य रहेको थियो । खोजराज गालेद्धारा लिखित ङिमादावा तामाङ (पाख्रिन) को जिवनी तोक्मा, भाषा र सङघर्षको कथा पुस्तकको वारेमा ट्रेकिङ एजेन्सी नेपालका वरिष्ठ उपाध्याक्ष कर्मा शेर्पाले यो पुस्तक पढेपछि डिप्रेसन जस्ता रोगको सिकार भएका व्यक्तिलाई त्यसबाट बाहिर निस्किन प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।

    बौद्ध शिक्षा विस्तार मैत्री धर्म द्दीप केन्द्रका अध्यक्ष खेन्पो पाल्साङ नोर्वु भोम्जनद्वारा अष्टमंगल वाचन गरेर सुरु गरिएको उक्त कार्यक्रममा पुस्तकका लेखकले सुस्तक लेखनको क्रममा ङिमादावा तामाङ (पाख्रिन) को जिवनी सुन्दा आँसु थाम्न नसकिएको भाव व्यक्त गरे । उनको जिवनीबाट संघर्षलाई सजिलै स्विकाररे जिवन जिउने कला सिक्न सकिने उनले बताए । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend