२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

सहकारीको समस्याका कारण हजारौँ नागरिकको बिल्लिबाठ भएको छः रवि लामिछाने


सञ्चार डबली
  • बिहीबार , जेठ २५ २०८०
  • 12.6K
    SHARES

  • सहकारीको समस्याका कारण हजारौँ नागरिकको बिल्लिबाठ भएको छः रवि लामिछाने


    काठमाडौ,  २५ जेठ ।  सरकारले तत्काल सहकारीको समस्या सम्बोधन गर्नुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिका रवि लामिछानेले बताएका छन्  । आज आर्थिक वर्ष २०८०–८१ को विनियोजित बजेटमाथिको छलफलमा बोल्दै लामिछानेले सहकारीको समस्याका कारण हजारौँ नागरिकको बिल्लिबाठ भएको भन्दै समस्या समाधानमा सरकार तत्काल लाग्नुपर्ने बताएका हुन् । अन्यथा केही दिनभित्रै लाखौं जनता सडकमा आउने स्थिति बन्ने उनले बताएका छन्  ।

    सांसद लामिछानेले सोही अवसरमा सरकारको कर नीति व्यवहारिक र आम नागरिकमैत्री नभएको भन्दै परिमार्जन गर्नुपर्ने बताएका छन् । उनले ९० वटा कर शीर्षकमा ६८ वटालाई समान २४ प्रतिशतले वृद्धि गरिनु र राजस्व सहजै उठ्छ भन्ठान्नु सरकारको गल्ती भएको उल्लेख गरेका छन् । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend