२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले बनायो  नयाँ किर्तिमान, एकै दिन ४६५ भन्दा बढी शो पायो 


सञ्चार डबली
  • आइतबार, कात्तिक २५ २०८१
  • 7.4K
    SHARES

  • फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले बनायो  नयाँ किर्तिमान, एकै दिन ४६५ भन्दा बढी शो पायो 


    काठमाडौं । लक्ष्मीपूजाबाट प्रदर्शनमा आएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले घरेलु बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । प्रदर्शनको दुई दिन खासै दर्शकको साथ नपाएको यस फिल्मले कैयौं किर्तिमान बनाएको छ ।

    फिल्मले शनिबार कुनै पनि नेपाली फिल्मले एकै दिन पाएको शो को नयाँ किर्तिमान बनाएको छ । फिल्म निर्माण कम्पनि सेभेन सिज सिनेमाका अनुसार फिल्मले देशभरका ९८ हलमा ४६५ भन्दा बढी शो पाएर नयाँ किर्तिमान बनाएको हो ।

    यस अघि यस फिल्मले बिहीबार मात्र देशभरका ८९ हलमा ३८० भन्दा बढी शो पाएर किर्तिमान बनाएको थियो । यो किर्तिमान यसअघि यो रेकर्ड दशैको घटस्थापनाको दिन फिल्म ‘बेहुली फ्रम मेघौली’ को नाममा थियो, यस फिल्मले पहिलो दिन ३४० शो प्राप्त गरेको थियो ।

    फिल्मले पहिलो सातामा ८ करोड २५ लाख ग्रस कमाई गरेको थियो भने त्यस यता हाउस फुलका साथ चलिरहेकाले फिल्मले बक्स अफिस कलेक्सनमा पनि नयाँ किर्तिमान बनाउने निश्चित रहेको छ ।

    अहिले पनि फिल्मको टिकटको अभाव देखिएको छ । ‘पूर्ण बहादुरको सारङ्गी’ ले अहिले पनि दर्शकको व्यापक साथ पाइरहेका कारण आगामी साता रिलिज हुन लागेको फिल्म ‘केटी हराएको सूचना’ को रिलिज स्थगन गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend