२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

बढ्न थाल्यो जाडो,  मुटु रोगसम्बन्धी जोखिम बढी


सञ्चार डबली
  • शुक्रबार, कात्तिक २३ २०८१
  • 7.4K
    SHARES

  • बढ्न थाल्यो जाडो,  मुटु रोगसम्बन्धी जोखिम बढी

     

    काठमाडौं । मंसिर महिना प्रारम्भ हुन एक साता बाँकी नै छ, तर काठमाडौं उपत्यका लगायत अधिकांश पहाडी भूभागमा बिहान–बेलुका चिसो अनुभव गर्न थालिएको छ । तराईमा पनि बिहान र बेलुका चिसो हुन थालिसकेको छ । मंसिर लागेसंगै चिसोको मात्रा अझ बढ्ने निश्चित छ ।

    कतिपय स्थानमा अहिले नै हिमपात हुन थालेका समाचारहरु सार्वजनिक भैसकेका छन् । चिसो बढ्दै जाँदा जनजीवनसमेत प्रभावित हुन थाल्छ ।

    चिसो मौसममा विरामी तथा ज्येष्ठ नागरिकहरुलाई हृदयाघात हुने सम्भावना बढी हुने मुटु रोग विशेषज्ञहरुको भनाइ छ । चिकित्सकहरुका अनुसार गर्मी महिनाको तुलनामा जाडो महिनामा मानिसहरुमा मुटु रोगसम्बन्धी जोखिम बढी रहन्छ । जाडोमा चिसोले रक्त नली र शरीरमा पार्ने प्रभावका कारण यस्तो समस्या देखिने चिकित्सकहरुको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend