२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

सबै स्थानीय तहहरुमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न सफल भएको बोर्डको दाबी


सञ्चार डबली
  • मंगलबार, कात्तिक २० २०८१
  • 6.7K
    SHARES

  • सबै स्थानीय तहहरुमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न सफल भएको बोर्डको दाबी


    काठमाडौं । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा.दामोदर बसौलाले आफ्नो चार वर्षे कार्यकालमा गरेका महत्वपूर्ण उपलब्धीहरु सार्वजनिक गरेका छन् । मंगलबार बोर्डको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै बसौलाले नीतिगत, प्रशासनिक, बीमा दावी, सूचना प्रविधि र सेवा प्रदाय स्वास्थ्य संस्थाहरुको व्यवस्थापनसम्मका उत्कृष्ट कामहरु गरेको दाबी गरेका छन् । 

    २०७७ सालमा कार्यकारी निर्देशक बनेका बसौलाको कार्यकाल यही महिनाको २५ गतेदेखि समाप्त हुने भएको छ । उनले नागरिकहरुलाई सरल र सहज रुपले स्वास्थ्य सेवा दिन महत्वपूर्ण भुमिका निर्वाह गरेको बताए । 

    कार्यकारी निर्देशक बसौलाले आफ्नो कार्यकालमा स्वास्थ्य बीमा ऐन, २०७४ र नियमावली २०७५ बाहेक अन्य कुनै कानुनी दस्तावेज नभएको कारण कार्य गर्न कठिनाई भएको भएर स्वास्थ्य बीमा ऐनले दिएको अधिकारका आधारमा १८ वटा कार्यविधि बनाएका छन् ।

    साथै, सेवा प्रदायक स्वास्थ्य संस्थालाई गरिएको भुक्तानी स्वास्थ्य बीमा बोर्डको वेभसाईटमा प्रकाशित गर्ने, बोर्डका निर्णयहरु वेबसाइटमा राख्ने र बसौलाले आफ्नो ४ वर्षे कार्यकालमा ७७ जिल्लाको ७५३ वटा स्थानीय तहहरुमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको जनाएको छ । नागरिकलाई सहज होस् भन्ने उदेश्यले डिजिटल कार्डहरु मार्फत पनि बीमितहरुलाई सेवा प्रदान गर्ने व्यवस्था गरिएको बसौलाँले बताए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend