२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

कम्युनिस्ट पार्टीबाट अधिनायकवाद आउँदैन भन्ने होइन : माधव नेपाल


सञ्चार डबली
  • बुधबार, कात्तिक १४ २०८१
  • 6.3K
    SHARES

  • images
    कम्युनिस्ट पार्टीबाट अधिनायकवाद आउँदैन भन्ने होइन : माधव नेपाल

    काठमाडौं, कात्तिक १४ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युुनिस्ट पार्टीबाटै अधिनायकवाद आउन सक्ने बताएका छन् । बुधबार प्रज्ञा भवनमा आयोजित नेपाल कम्युनिस्ट आन्दोलनको ७५ वर्ष र आगामी कार्यभार विषयक कार्यक्रममा उनले अधिनायकवादी प्रवृत्ति हावी हुने खतरा रहेको बताए । 

    “भोलि गएर आधिनायकावादी प्रवृत्ति हावी हुने खतरा छ । कम्युनिस्ट पार्टीबाट अधिनायकवाद आउँदैन भन्ने होइन । समाजवादी पार्टीमा नै लागेका हिटलर अधिनायकवादी बन्न पुगे,” उनले भने । 

    अध्यक्ष नेपालले पार्टीहरूमा व्यक्तिवाद हावी भएको सुनाए । “व्यक्तिवाद हावी भएको छ । स्वार्थी प्रवृत्ति हावी भएको छ । मपाईं प्रवृत्ति हावी भएको छ । मैले के पाएँबाट सुरु हुन्छ । जति पटक सरकारमा गए पनि छोड्दैछोड्दैन्,” उनले भने । 

    अध्यक्ष नेपालले कम्युनिस्ट पार्टीले अवसर पाएको र महत्त्वपूर्ण भूमिका खेलेको पनि बताए । उनले एउटै शक्ति बन्न नसक्ने समस्या कम्युनिस्ट आन्दोलनमा नै रहेको बताए । “एउटै बन्नु राम्रो हो । शक्ति जति बढ्यो राजनीतिमा महत्त्वपूर्ण भूमिका खेल्न सक्दछ । समस्या कम्युनिस्ट आन्दोलनभित्र नै छ,” उनले भने । कम्युनिस्ट आन्दोलनमा भ्रष्टीकरण समस्या भएको उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend