२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

सरकारको कामप्रति कांग्रेस सन्तुष्ट छ : सभापति देउवा


सञ्चार डबली
  • शुक्रबार, कात्तिक ९ २०८१
  • 7.9K
    SHARES

  • images
    सरकारको कामप्रति कांग्रेस सन्तुष्ट छ : सभापति देउवा

    काठमाडौँ, कात्तिक ९ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको सय दिनको कामप्रति कांग्रेस सन्तुष्ट रहेको बताएका छन्।

    नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिनमा गरेको कामबाट असन्तुष्टि जनाउनुपर्ने कुनै कारण नरहेको देउवाको भनाइ छ।  हनिमुन डेजमा सरकारले राम्रो काम गरेको जिकिर गरे। 

    विपद् व्यवस्थापन र राहत, उद्धारमा सरकारले कामै गरेन भनेर भ्रम फैल्याइएको बताउँदै उनले राहत तथा खोजी उद्धारमा सरकारले आफ्नो हिसावले सुरक्षाकर्मीहरु तैनाथ गरी व्यवस्थापन गरेको बताए।

    ‘मलाई त राम्रो लाग्छ, धेरै कुराले गर्दा राम्रो छ। सय दिनलाई मैले त राम्रो मानेको छु। सय दिनलाई हनिमुन डेज भन्छन् नि। राम्रो काम गरेको छ। राम्रो काम गरिरहेको छ, के भएको छ तरु गति पनि लिएको छ। बाढी पहिरोमा सरकारले राम्रो उद्धार र खोजी गरेको छ। मान्छे पठाउनुभएको हो, गरेको हो। हेलिकप्टरबाट पनि उद्धार गरेको हो,’ देउवाले भने।

    साथै, उनले वर्तमान सरकार पूरा कार्यकाल जाने र एमाले(कांग्रेसको सरकार बनेको दिनदेखि दुई वर्ष प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व गर्ने र बाँकी डेढ वर्ष आफूले नेतृत्व गर्ने बताए।

    ‘ठिक छ, त्यस्तो केही छैन, सबैको राम्रो छ सय दिनको काम। दुई वर्ष उहाँले चलाउने भनेको हो, डेढ वर्ष मलाई भनेको हो। कहाँ कांग्रेस असन्तुष्ट छ, कसले भन्यो असन्तुष्ट भनेर। कहाँ असन्तुष्ट हुनु, कुरै छैन नि त्यो त। सानातिना समस्या एउटै पार्टीभित्र त हुन्छ भने त्यो अर्को पार्टी हो। त्यस्तो केही छैन,’ देउवाले भने। 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend