२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

हुन्डाई मोटर्सको ‘ब्रान्ड भ्यालु’ २३ अर्ब अमेरिकी डलर


सञ्चार डबली
  • मंगलबार, कात्तिक ६ २०८१
  • 7.9K
    SHARES

  • हुन्डाई मोटर्सको ‘ब्रान्ड भ्यालु’ २३ अर्ब अमेरिकी डलर

    २०८१ कार्तिक ६ गते

    काठमाडौं । दक्षिण कोरियाली गाडी निर्माता कम्पनी हुन्डाईको ‘ब्रान्ड भ्यालु’ २३ अर्ब अमेरिकी डलर (३० खर्ब ८२ अर्ब रुपैयाँ बराबर) भएको छ ।

    कम्पनीका अनुसार हुन्डाई २०२४ मा इन्टरब्रान्डका उत्कृष्ट ग्लोबल ब्रान्डहरूमध्ये विश्वव्यापी रूपमा ३०औं स्थानमा रहेको छ । पाँच वर्षमा ब्रान्ड मूल्यमा ६३ प्रतिशत वृद्धि भएको र लगातार दोस्रो पटक र्‍याङ्किङमा वृद्धि भएको छ । यस अवधिमा अघिल्लो वर्ष ३६औं स्थानमा रहेको हुन्डाई यो वर्ष ३० मा परेको हो । ब्रान्ड भ्यालु लगातार १४ वर्षदेखि वृद्धि हुँदै आएको कम्पनीको भनाइ छ ।

    कम्पनीले आफ्नो उत्पादन र सर्भिसलाई सफ्टवेर र एआईसँग जोडेर सहज बनाइरहेको छ। हुन्डाई मोटरले मोबिलिटी इकोसिस्टम निर्माणमा गेम चेन्जर हुनेगरी काम गरिरहेको जनाएको छ । त्यस्तै, हुन्डाई मोटरको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले कोना र आयोनिक फाइन विद्युतीय कार बिक्री गर्दै आएको छ ।

    हुन्डाई मोटर्सको ब्रान्ड भ्यालु बढ्नुका प्रमुख कारकमा यसको ब्रान्ड भिजन ‘मानवताका लागि उन्नति’ रहेको उसको भनाइ छ ।त्यसैगरी हुन्डाईको आयोनिक ५ गाडीले सन् २०२४ को ‘वल्र्ड पर्फर्मेन्स कार’ अवार्ड पाउनु ब्रान्ड भ्यालु बढाउने महत्त्वपूर्ण कारण रहेको कम्पनीले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend