२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

टिकटकद्वारा साना र मझौला व्यवसायहरूलाई सशक्त बनाउन कार्यशालाको आयोजना


सञ्चार डबली
  • मंगलबार, कात्तिक ६ २०८१
  • 6.4K
    SHARES

  • टिकटकद्वारा साना र मझौला व्यवसायहरूलाई सशक्त बनाउन कार्यशालाको आयोजना

    मंगलवार, कार्तिक ६ २०८१
    काठमाडौं र नेपालमा साना र मझौला व्यवसायलाई सशक्तिकरण गर्ने उद्देश्यले टिकटकले काठमाडौंमा कार्यशाला सम्पन्न गरेको छ ।

    'ह्यासट्याग ग्रो विथ टिकटक' मास्टरक्लास नामक कार्यशालाले आफ्नो व्यवसाय बढाउन टिकटक प्लेटफर्मको शक्ति कसरी प्रयोग गर्ने भनेर जान्न उत्सुक व्यवसायी, मार्केटर र उद्यमीहरूको एक विविधतायुक्त समूहलाई एकसाथ ल्याएको थियो ।

    कार्यशालामा सहभागीहरूले ब्रान्ड भिजिबिलिटी बढाउन, युवा वर्गसँग जोडिन र आफ्ना उत्पादन र सेवाहरूलाई रचनात्मक रूपमा प्रदर्शन गर्न टिकटकका अद्वितीय सुविधाहरूको लाभ कसरी उठाउने भन्ने प्रशिक्षण प्राप्त गरेका थिए। कार्यशालाले विशेषज्ञहरूको नेतृत्वमा टिकटक मार्फत गर्न सकिने प्रवर्द्धनका विविध पक्षहरूलाई समेट्ने सत्रहरूको श्रृंखला प्रस्तुत गरेको थियो।

    सहभागीहरूलाई यस प्लेटफर्मको शक्तिशाली कन्टेन्ट क्रियशन टुल्स, दर्शकहरूको संलग्नताका लागि उत्तम अभ्यासहरू र टिकटक अभियानहरूलाई प्रभावकारी बनाउने रणनीतिहरूको परिचय गराइएको थियो। त्यस क्रममा सहभागीहरूलाई टिकटकको कम्युनिटी गाइडलाइन्स, प्लेटफर्ममा उपलब्ध सुरक्षा सुविधा र कन्टेन्ट मोडरेसन प्रक्रियाको बारेमा जानकारी गराउने एक विशेष सत्रको पनि आयोजना गरिएको थियो।

    कार्यशालामा टिकटकको विविध र गतिशील प्रयोगकर्ता आधारसँग प्रतिध्वनित हुने खालका कन्टेन्ट सिर्जना गर्नेबारे जानकारीमूलक र अन्तर्क्रियात्मक दुवै सत्रहरूको डिजाइन गरिएको थियो। ह्यासट्याग ग्रो विथ टिकटक कार्यक्रमले साना र मझौला व्यवसायका लागि एक बहुमूल्य नेटवर्किङ अवसर पनि प्रदान गरेको थियो किनकि सहभागीहरूले उक्त कार्यशालामा विभिन्न उद्योगका साथीहरूसँग जोडिन, अनुभवहरू बाँड्न र साझा चुनौती र समाधानका बारेमा छलफल गर्ने मौका पाएका थिए ।

    यस सहयोगी वातावरणले स्थानीय व्यवसायहरूबीच हार्दिकताको भावनालाई बढावा दिँदै थप साझेदारी र सामूहिक विकासको नेतृत्व गर्ने अपेक्षा गरिएको छ। यो पहल डिजिटल युगमा फस्टाउनका लागि आवश्यक पर्ने उपकरण र स्रोतहरू उपलब्ध गराएर विश्वभरका साना व्यवसायलाई सशक्त बनाउने टिकटकको फराकिलो प्रतिबद्धताको एक हिस्सा रहेको बताइएको छ।

    साना तथा मझौला व्यवसायको क्षेत्रले नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले पनि टिकटकले यसलाई प्रबर्धन गरेर नेपालको विकास यात्रामा आफू प्रमुख साझेदार बन्ने लक्ष्य राखेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend