२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

हुन्डाई नेपालले ‘हुन्डाई हाईवे एस्सुरेन्सः  केयर फ्री राइड टु होम’ अभियान सञ्चालन गर्ने


सञ्चार डबली
  • सोमबार, असोज २१ २०८१
  • 7.5K
    SHARES

  • images
    हुन्डाई नेपालले ‘हुन्डाई हाईवे एस्सुरेन्सः  केयर फ्री राइड टु होम’ अभियान सञ्चालन गर्ने

    काठमाडौं । दसैं तिहार र छठ पर्व मनाउन आफ्नो घर जाने हुन्डाईका ग्राहकहरूको सुरक्षित र झन्झटरहित यात्रा सुनिश्चित गर्न लक्ष्मी इन्टरकन्टिनेन्ट (हुन्डाई गाडीको एक मात्र आधिकारिक बिक्रेता) ले 'हुन्डाई हाइवे एस्सुरेन्सः केयर फ्री राइड टु होम' सेवा पाउने भएका छन्।

    उक्त सेवा असोज २२ गतेदेखि २५ सम्म बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म उपलब्ध हुनेछ। यस अन्तर्गत मुख्य राजमार्गहरूका प्रमुख स्थानमा निःशुल्क सवारी जाँच सेवा उपलब्ध गराइनेछ। 

    हुन्डाईले आफ्ना दक्ष प्राविधिकहरू सहित ९ प्रमुख स्थानहरू (हेटौंडा, जनकपुर, दमक, बिर्तामोड, गजुरी, भरतपुर, बुटवल, बाँके, र कैलाली लगायत देशका महत्त्वपूर्ण राजमार्गमा चेकअप पोइन्टहरू स्थापित गरेको छ।

    कम्पनीले सवारी जाँचसँगै गाडीलाई चाहिने लुब्रिकेन्ट र कुलेन्ट आवश्यक मात्रामा निःशुल्क प्रदान गर्नेछ। विद्युतीय सवारी साधनका लागि पोर्टेबल डिसी चार्जरहरू पनि उपलब्ध हुनेछन्। कम्पनीका अनुसार यस चाडपर्वमा ग्राहकहरूलाई सवारी साधनको चिन्ताबाट मुक्त गराउनु यस अभियानको उद्देश्य हो।

    २०१४ देखि सञ्चालन मा रहेको 'हुन्डाई हाइवे एस्सुरेन्सः केयर फ्री राइड टु होम' अभियान हुन्डाईको बिक्री पछिको सेवाको प्रतिबद्धता र समर्पणको प्रमाण रहेको बताइएको छ।

    हुन्डाईले प्रिमियम सवारी साधन उपलब्ध गराउनुका साथै त्यसपछि ग्राहकलाई चाहिने सम्पूर्ण सेवा प्रदान गर्नमा पनि उत्तिकै ध्यानमा राख्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend