२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

नेपाली बजारमा यस्ता छन् बिवाइडीले हासिल गरेका महत्त्वपूर्ण उपलब्धि, एकैदिन १३२ युनिट इभि डेलिभरी


सञ्चार डबली
  • शनिबार, असोज १९ २०८१
  • 10.5K
    SHARES

  • images
    नेपाली बजारमा यस्ता छन् बिवाइडीले हासिल गरेका महत्त्वपूर्ण उपलब्धि,  एकैदिन १३२ युनिट इभि डेलिभरी

    काठमाडौं । विश्वकै अग्रणी इलेक्ट्रिक सवारी साधन (इभि) निर्माता कम्पनी बिवाइडीले नेपालमा एकैदिन १३२ युनिट इभि डेलिभरी गरेर महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । नेपालीहरूको महान चाड दसैँ शुभारम्भको पहिलो दिन घटस्थापनाको अवसरमा कम्पनीले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको हो । यसले नेपाली इलेक्ट्रिक मोबिलिटीको क्षेत्रमा बिवाइडीको बढ्दो लहरलाई दर्शाउँछ । बिवाइडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले देशभर रहेका डिलर नेटवर्कमार्फत सो उपलब्धि हासिल गर्न सफल भएको हो ।

    अत्याधुनिक प्रविधि, उत्कृष्ट कार्यक्षमता र दिगो मोबिलिटी समाधानका साथ नेपालको इलेक्ट्रिक भेइकल बजारमा बढ्दो प्रभाव कायम गर्दै बिवाइडीले आफूलाई ईभी बजारको नेतृत्वकर्ता कायम गरेको छ । 

    साइमेक्स इंकका नेसनल सेल्स हेड आशुतोष गौतमले सो अवसरमा कृतज्ञता कायम गर्दै भने, “एकै दिन, त्यो पनि घटस्थापनाको उपलक्ष्यमा १३२ ईभी डेलिभरी गर्न पाउनु हाम्रो लागि गर्वको दिन हो ।” 
     
    यसले बिवाइडीका इलेक्ट्रिक गाडीप्रति नेपाली ग्राहकको बढ्दो विश्वासलाई प्रतिविम्बित गर्ने उनले बताए । गौतमले भने, “बेस्ट इन क्लास सर्भिस उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई समेत दर्शाउँछ । यो उपलब्धि नेपालीहरुको अझै सफा र दिगो मोबिलिटी समाधानप्रतिको बढ्दो जागरुकता पनि हो ।” 

    देशभर बिवाइडीको बजार उपस्थिति तीव्र रुपमा बढिरहेको समयमा यो डेलिभरी गरिएको छ । पछिल्लो समयमा वीरगन्ज, बनेपा र जनकपुर लगायतका स्थानमा शोरुम विस्तार गरेर बिवाइडी नेपालभर विस्तार भइरहेको छ ।

    वातावरणमैत्री अभियान र साइमेक्स बिवाइडी च्यारिटी फाउन्डेसन (सीबीसीएफ) जस्ता नवीन सीएसआर पहलमार्फत कम्पनीले इलेक्ट्रिक सवारीलाई लगातार प्रवर्द्धन गरिरहेको छ । शून्य उत्सर्जन इलेक्ट्रिक सवारीमार्फत नेपालको यातायात क्षेत्रलाई रुपान्तरण गर्ने बिवाइडीको लक्ष्यलाई १३२ युनिट डेलिभरीले अझै जोड दिएको छ ।

    बिवाइडीले लगातार रूपमा गरिरहेको नवप्रवर्तनलाई साइमेक्स इंक र यसका डिलरहरूले अझै राम्रो ग्राहक अनुभव प्रदान गरेर र विश्व स्तरीय सर्भिस तथा उत्पादन उपलब्ध गराएर नेपाली ग्राहकको आवश्यकता पूरा गर्नमा प्रतिबद्धताका साथ साथ दिएका छन् । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend