२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

नेपालमा बनेको हुन्डाई भेन्युको बिक्री सुरु, ६.९९ प्रतिशत फाइनान्सिङमा नै खरिद गर्न सकिने


सञ्चार डबली
  • बिहीबार , असोज १७ २०८१
  • 7.0K
    SHARES

  • images
    नेपालमा बनेको हुन्डाई भेन्युको बिक्री सुरु, ६.९९ प्रतिशत फाइनान्सिङमा नै खरिद गर्न सकिने

    विहीबार, १७ असोज २०८१
    काठमाडौं । नेपालमा हुन्डाई गाडी उत्पादन गर्ने लक्ष्मी मोटर कर्पोरेशनले Venue E भेरियन्टको उत्पादन पनि सुरु गरेको छ। कर्पोरेशनले २०२४ मे बाट Venue S र SX उत्पादन सुरु गरेको थियो । लक्ष्मी मोटर कर्पोरेशन, नेपालको लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलको एक भगिनी संस्था हो।

    कम्पनीले नेपालमा हुन्डाई Venue को व्यवसायिक उत्पादन सुरु गरिए सँगै HYUNDAI NEPAL: MADE FOR YOUR JOURNEY क्याम्पेन पनि सुरु गरेको थियो। हालसम्म करिब २५० गाडी आफ्ना डिलरहरु मार्फत बिक्री गरिसकेको जनाएको छ ।

    हुन्डाई Venue E को प्रारम्भिक मूल्य सिमित अवधिको लागि ४०,९६,००० कायम गरिएको छ। यद्यपि यसमा हाल चलिरहेको दसैँ तिहार लक्षित योजना र थप डिस्काउन्ट नहुने कम्पनीले जनाएको छ ।

    हाल नेपालमा उपलब्ध Venue का अरु भेरियन्टहरुको मूल्यVenue (S) 1.2 को ४४,९६,००० र Venue (SX) 1.2 को मूल्य ५३,५६,००० कायम गरिएको छ l कम्पनीले मेड इन नेपाल हुन्डाई Venue मा १० वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी प्रदान गर्ने जनाएको छ ।

    लक्ष्मी मोटर कर्पोरेशन, नेपालमा लक्ष्मी ग्रुपको लगानी तथा Hyundai Motor Company सँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो ।

    स्वदेशमा नै उत्पादन गरी देशको औद्योगिकरण, आयात प्रतिस्थापन, रोजगारी सृजना, आन्तरिक राजस्वमा वृद्धि, शीप तथा प्रविधि विकास, सहायक उद्योगको स्थापना, आन्तरिक श्रोत तथा विद्युतको खपत, कुल गृहश्थ उत्पादनमा योगदानका साथ साथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारी साधन उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले जानकारी गराएको छ ।

    लक्ष्मी मोटर कर्पोरेशनले थप भेरिएन्ट तथा अरु मोडेलहरु पनि उत्पादन बढाउँदै जाने योजना रहेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend