२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

एक्साइड ब्याट्रीको चाडपर्व बिशेष एक्सचेञ्ज अफर : आकर्षक छुटसँगै क्यासब्याकको सुविधा


सञ्चार डबली
  • बुधबार, असोज १६ २०८१
  • 7.0K
    SHARES

  • एक्साइड ब्याट्रीको चाडपर्व बिशेष एक्सचेञ्ज अफर : आकर्षक छुटसँगै क्यासब्याकको सुविधा

    बुधवार, असोज १६ २०८१
    काठमाडौँ - एक्साइड इन्डस्ट्रिजको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले ‘एक्साइड मेघा फेस्टिभ’ अफर कार्यक्रम सार्वजनिक गरेको छ । एक्साइड ब्याट्रीले चाडपर्वलाई लक्षित गरी बिशेष अफर सार्वजनिक गरेको हो ।

    अफर अन्तर्गत जुनसुकै पुरानो ब्याट्रीसँग एक्साइडका ब्याट्रीहरू साट्दा ३० प्रतिशतदेखि ५० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सकिनेछ ।

    त्यस्तै, १२० जना भाग्यशाली ग्राहकहरूलाई लक्की ड्र मार्फत क्यासब्याक प्रदान गरिनेछ । ‘लक्की ड्र’ मार्फत क्यास ब्याक प्राप्त गर्नका लागि आफूले किनेको ब्याट्रीलाई पेपरलेस वारेन्टीमार्फत सिप्रदी स्टार्स एपमा दर्ता गरिएको हुनुपर्नेछ ।

    नजिकिदै गरेको चाडपर्वलाई अझै बिशेष रूपमा मनाउनका लागि तथा ग्राहकवर्गमा थग उल्लास भर्नका लागि यस किसिमको एक्सचेञ्ज अफर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

    देशकै नम्बर एक ब्याट्री ब्राण्ड एक्साइड मुख्यतः अटोमेटिभ, दुई पाङ्ग्रे, इन्भर्टर तथा सोलार ब्याट्रीको क्षेत्रमा काम गर्दछ । व्यवसाय सहज तथा प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि कम्पनीको नेपालभर बृहत् सेल्स तथा सर्भिस टिम रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend