बुधबार, असोज १६ २०८१
काठमाडौं । सनरुफ भएको एसयूभीको मूल्य कति पर्ला भन्ने प्रश्न जो कसैलाई सोध्यो भने सहजै दिने उत्तर हो ४० लाख भन्दा माथि । तर, टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ३४ लाखमै सनरुफ भएको एसयूभी खरिद गर्न सक्ने जनाएको छ ।
सिप्रदी ट्रेडिङले बिक्री सुरू गरेको पन्च ईभी एसयूभी डिजाइनमा उपलब्ध छ । कम्पनीले ३३ लाख ९९ हजार मूल्य तोकेर बिक्री सुरू गरेको पन्चको सुरूआति भेरियन्टमा नै तपाईंले सनरुफ पाउन सक्नुहुन्छ । टाटा पन्च ईभी सनरुफ मात्रै होइन, ग्राउन्ड क्लियरेन्सको हिसाबले पनि उत्कृष्ट छ । कम्पनीका अनुसार यसमा १९० एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । सब फोर मिटर साइजको कारण यसलाई सजिलै पार्किङ गर्न सकिन्छ । यसको बडी डिजाइन धेरै हदसम्म टाटा नेक्सन ईभीकै जस्तो देखिन्छ । त्यसैले टाटाको एसयूभी विरासतलाई पन्च ईभीले पनि निरन्तरता दिँदै आएको देखिन्छ ।
टाटाले पन्च ईभीको तीन भेरियन्टको बिक्री सुरू गरेको छ । कम्पनीले बिक्री सुरू गरेको दुई भेरियन्ट लङ रेन्ज हो भने एउटा भेरियन्ट मिड रेन्ज हो । सबै भेरियन्टको मूल्य ४० लाख भन्दा कम छ । १६ इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्सको साथ पन्च इभीमा २५ किलोवाट (एमआर) र ३५ किलोवाट (एलआर) दुई भिन्न ब्याट्री प्याक रहेका छन् ।
यसका साथै यस गाडीमा ९० - डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बुट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस रहेको छ।नेपालको विभिन्न भुभागमा गरेको परीक्षणको अनुसार गाडीले २७० देखि २९० किलोमिटर सम्मको रेञ्ज प्रदान गर्नेछ । पन्च इभीमा १ लाख ६० हजार किलोमिटर वा ८ वर्षसम्मको वारेन्टी दिएको छ ।
नेपाली सडकमा सार्वजनिक सवारी साधनमा टाटाको सबैभन्दा बलियो उपस्थिति रहेको छ । टाटाको प्रडक्ट नेपालको धरातलीय अवस्था अनुसार फेमिलियर छ । हाम्रो गाडीमा भएको ग्राउण्ड क्लियरेन्स नेपालको जुन सुकै बाटोमा जानेगरी निर्माण गरिएको छ तसर्थ नेपालको लागि सुहाउदो गाडी भएकोले ग्राहकहरुको एसेप्टेन्स राम्रो छ । लामो समयदेखि नेपाली विद्युतीय गाडीको बजारमा नेतृत्वदायी भूमिका निर्वाह गरेको सिप्रदीले यस वर्षको नाडामा टाटा मोटर्ससँगको व्यापारिक साझेदारीमा पन्च इभी नेपालमा सार्वजनिक गर्न पाउँदा उपभोक्ताहरूको बाक्लो उपस्थिति रहेको र पन्चले पनि नेपाली उपभोक्ताको साथ र समर्थन पाएको कुरा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले बताए ।
अहिले नेपालमा टाटाको जस्तो बलियो सर्भिस नेटवर्क अन्य ब्राण्डको छैन । अझ इभिको इकोसिष्टममा त अग्रणी भुमिकामा नै छ । नेपालमा आफ्नै व्याट्री रिपेयर सेन्टर बनाउने टाटा एक मात्र कम्पनी हो ।
टाटा चार्जिङ्ग नेटवर्क विस्तारमा पनि एग्रेसिभ छ । हाल सम्म नेपालभरी टाटा इभी गाडीका लागि २६ डिसी फास्ट चार्जिङ्ग स्टेशन, १५०ं एसी फास्ट चार्जिङ्ग, १५०ं एसी स्लो चार्जिङ्ग नेटवर्क छ। यसैगरि १६ इभि डेडिकेटेड सेवा सञ्जाल, र २२ बटा बिक्री केन्द्र रहेका छन। छिमेकी भारतमा नै उत्पादन हुने भएकोले स्पेयर पार्ट्समा कुनै समस्या नहुने कम्पनीको दावी रहेको छ ।



