२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

बजाज पल्सर एन एस् ४०० जेडको डेलिभरी भृकुटीमण्डपबाट सुरु, मूल्य कति ?


सञ्चार डबली
  • सोमबार, असोज १४ २०८१
  • 10.6K
    SHARES

  • images
    बजाज पल्सर एन एस् ४०० जेडको डेलिभरी भृकुटीमण्डपबाट सुरु, मूल्य कति ?

    काठमाडौँ - नेपालको लागि बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनीप्रा.लिले अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर, बजाजपल्सर एन एस् ४०० जेडको डेलिभरी भृकुटीमण्डप, काठमाडौंबाट सुरु गरेको छ।

    नाडा अटो शोबाट एन एस् ४०० जेड बुकिङ गर्ने ग्राहकहरूलाई ४० वटा मोटरसाइकल डेलिभरी गर्दै यसको सुरुवात गरिएको छ।अहिलेसम्मकै ठूलो पल्सर, एन एस् ४०० जेडले शक्ति, प्रविधि, र डिजाइनको समिश्रणबाट स्पोर्ट्स मोटरसाइकल सेगमेन्टलाई नयाँ उचाइमा पुर्याउनेछ, जसले नेपाली बाइक प्रेमीहरुलाई रोमाञ्चक यात्राको अनुभूति प्रदान गर्नेछ।

    बजाज पल्सर एन एस् ४०० जेडलाई ३७३ सिसिको सिगंल–सिलिन्डर, लिक्विड–कुल्ड इन्जिनले शक्ति दिन्छ, जसले ३९.४ बीएचपी र ३५ एनएम टर्क उत्पादन गर्दछ।

    यो ६–स्पीड गियर बक्ससँग जोडिएको छ, जसमा स्लिप र असिस्ट क्लच सुविधा रहेको छ जसले सहजगियर सिफ्ट र थप कन्ट्रोल प्रदानगर्दछ। यस मोटरसाइकलमा सटिक थ्रोटल रेस्पोन्स र इन्धन दक्षताका लागि राइड–बाइ–वायर प्रविधिपनि समावेश गरिएको छ।

    ग्रान्ड कार्निभल– द बिगेस्ट एक्सचेन्ज क्याम्प, भृकुटीमण्डपमा आयोजित पल्सर एन एस् ४०० जेडको डेलिभरी समारोह कार्यक्रममा, गोल्छा ग्रुपका डाइरेक्टर अभिमन्यु गोल्छाले आफ्नो उत्साह व्यक्त गर्दै भने, “हामी नेपाली बजारमा अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर, बजाज पल्सर एन एस् ४०० जेड डेलिभरी गर्न पाउँदा अत्यन्तै खुशी छौँ। नेपालको विभिन्न क्षेत्रबाट प्राप्त अपार बुकिङका कारण हामी दशैँ र तिहारको बीचमा माग पूरा गर्नेछौं।”

    फिचरको कुरा गर्दा, पल्सर एन एस् ४०० जेड अहिलेसम्मकै सबैभन्दा एडभान्सड पल्सर हो। यसमा रोड, रेन, स्पोर्ट, र अफ–रोड गरी चारवटा राइडिङ मोडहरु छन्। साथै स्विच गर्न मिल्ने ट्राक्सन कन्ट्रोल र डुअल–च्यानलएबिएस् रहेकोछ, जसले सबैप्रकारका सडकमाउच्च सुरक्षा प्रदान गर्दछ।

    यस मोटरसाइकलमा फुलकलर एलसिडि स्क्रिन रहेको छ, जसमा ब्लुटुथ कनेक्सनको सुविधाउपलब्ध छ, जसले टर्न–बाइ–टर्न नेभिगेसन, म्युजिक कन्ट्रोल, र अन्य राइड सम्बन्धित आवश्यक जानकारी प्रदान गर्दछ।

    मस्कुलर र एरोडाइनामिक डिजाइनको साथमा, एन एस् ४०० जेडमा चिजल्ड फ्यलु ट्याङ्क, शार्प ट्याङ्क एक्सटेन्सनस,आरामदायी स्प्लिट सिट सेटअप, र स्टाइलिस १७ - इन्चअलोय व्हील्स रहेका छन।

    यस मोटरसाइकलको इन्धन ट्याङ्क क्षमता १२ लिटर छ र सीटको उचाइ ८०७ मिमी रहेको छ, जसले नजिक तथा लामो दुरीको यात्रामा पनि सहजता र स्थिरता प्रदान गर्दछ।

    अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर, बजाजपल्सर एन एस् ४०० जेडको मूल्य नेपालमा ५ लाख ५९ हजार ९०० रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend