२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

सिप्रदीले उपत्यका बाहिर ‘टाटा केयर क्याम्प’ आयोजना गर्ने, ५० प्रतिशतसम्मको छुट पाइने


सञ्चार डबली
  • मंगलबार, असोज ८ २०८१
  • 6.3K
    SHARES

  • images
    सिप्रदीले उपत्यका बाहिर ‘टाटा केयर क्याम्प’ आयोजना गर्ने, ५० प्रतिशतसम्मको छुट पाइने

    सञ्चार डबली

    मंगलबार, ०८ असोज २०८१  
    काठमाडौँ  टाटा मोटर्सको नेपालस्थित एक मात्र अधिकारिक बिक्रेता सिप्रदी ट्रेडिंग प्रा।लि।ले  काठमाडौँ उपत्यका बाहिर  ‘टाटा केयर क्याम्प’ आयोजना गर्ने भएको छ।

    यसले  टाटा पेसेन्जर श्रेणीका (पीभी) आइसीई (पेट्रोल र डिजेलमा आधारित) र ईभी (विजुलीमा आधारित) गाडीहरुलाई लक्षित गरेको छ । यो क्याम्प यही आश्विन ९ देखि ११ गतेसम्म सिप्रदीका धनगढी, सर्रा, हेटौडा, ढल्केबार र मेचीमा अवस्थित पीभीका सेवा सम्बन्धि सञ्जालहरुमा  सञ्चालन हुने कम्पनीले जनाएको हो ।

    कम्पनीका अनुसार टाटा केयर क्याम्पमा सहभागी हुने ग्राहकहरुले विभिन्न  विशेष सुविधा तथा छुट प्राप्त गर्न पनि सक्नेछन। उनीहरुले ब्याट्री, सस्पेन्सन, ब्रेक लगायत कम्प्युटर  परीक्षण जस्ता सुविधा निशुल्क पाउनेछन्।

    यसैगरी, ग्राहकहरुलाई पार्टपुर्जा र  लुब्रीकेन्ट प्रत्येकमा २० प्रतिशत एवं  लेबर चार्जमा ५० प्रतिशतको छुट दिइनेछ भने टप वाशिंग सित्तैमा गरिनेछ। आफ्नो ग्राहकवर्गलाई उत्कृष्ट भन्दा उत्कृष्ट ढंगले सेवा गर्ने आफ्नो प्रतिवद्धता अनुरुप यो क्याम्प आयोजना गर्न लगिएको सिप्रदी जानकारी दिन्छ  ।   

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend