२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

 गंगालालको फोहोर संकलनमा महानगरले लगायो रोकः  हानिकारक र सामान्य फोहोर एकै ठाउँमा भेटियो 


सञ्चार डबली
  • मंगलबार, असोज ८ २०८१
  • 6.7K
    SHARES

  •  गंगालालको फोहोर संकलनमा महानगरले लगायो रोकः  हानिकारक र सामान्य फोहोर एकै ठाउँमा भेटियो 


    काठमाडौं । काठमाडौं महानगरपालिकाले बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको फोहर संकलनमा रोक लगाएको छ । वातावरण व्यवस्थापन विभागको नेतृत्वमा स्वास्थ्य विभाग, महानगर प्रहरी बलसहितको टोली, अस्पतालको फोहर संकलन केन्द्रमा पुग्दा हानीकारक फोहर र सामान्य फोहर एकै ठाउँमा राखिएको भेटिएपछि हानीकारक फोहर निर्मलीकरण नहुञ्जेलसम्मका लागि फोहर संकलनमा रोक लगाइएको बताइएको छ । 

    अस्पतालले फोहर व्यवस्थापनका लागि छुट्टै टहरा बनाएको छ । टहराभित्र फरक प्रकृतिका फोहर राख्न छुट्टै कोठा बनाइएको छ । फोहर वर्गीकरणमा काम गर्ने व्यक्तिको हातमा पञ्जा नभएको र  चप्पल लगाएर ओहोरदोहोर गरिरहेको समेत भेटिएको महानगरले जनाएको छ । अस्पताल पक्षले भने स्रोतमा वर्गीकरण राम्रो भएको दाबी गरेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend