२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

रौतहटको राजपुरमा हैजा पुष्टि, प्रशासनले गर्यो निषेधित क्षेत्र घोषणा


सञ्चार डबली
  • सोमबार, असोज ७ २०८१
  • 8.9K
    SHARES

  • रौतहटको राजपुरमा हैजा पुष्टि, प्रशासनले गर्यो निषेधित क्षेत्र घोषणा


    काठमाडौं । रौतहटको राजपुर नगरपालिकाको दुई वडामा फैलिएको झाडा पखाला हैजा पुष्टी भएको छ। हैजा पुष्टी भएसंगै अन्य समुदायमा फैलिन नदिन जिल्ला प्रशासन कार्यालय रौतहटले  वडा ४ लाई निषेधित क्षेत्र घोषणा गरेको छ।

    जिल्ला प्रशासन कार्यालय रौतहटले आईतवार एक सूचना जारी गर्दै राजापुर नगरपालिका ४ स्थित जोबैर चौक देखी मदनी चौक, शेख अब्दुल्लाहको खलीहान देखि डाक्टर नुरुल होदाको घरसम्मको वरिपरी क्षेत्र लाई निषेधित क्षेत्र घोषणा गरेको हो।

    उक्त क्षेत्रमा स्वास्थ कार्यालय प्रमुखको अनुमति बिना स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाईकर्मी, अत्यावश्यक काम बाहेक कुनै ब्यक्ती हिँडडुल गर्न नपाउने सिडियो हिरालाल रेग्मीद्वारा ह्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

    त्यस्तै एक अर्काको घर वा बस्तीमा आवतजावत नियन्त्रण गर्ने, अत्यावश्यक बाहेक सवारीसाधन जान नपाइने, उक्त क्षेत्रमा माछा मासु ओसारपसार, बिक्री वितरण गर्न नपाउने, स्थानिय स्वास्थ्य शाखाबाट जारी आदेश पूर्ण पालना गर्ने गराउने सूचनामा उल्लेख गरिएको छ।

    राजपुर नगरपालिकाको पत्रअनुसार वडा ४ मा गत २ गते १ जनामा झाडा पखाला देखिएको त्यसपछी क्रमसः बढ्दै गएको तथा आर डिटी र कल्चरको रिपोर्ट पोजिटिभ आउँदा रोकथाम नियन्त्रण तथा अन्य समुदायमा फैलिन नदिन प्रभावित क्षेत्रमा मानिसको आवतजावत लगायत गतिबिधि तत्काल रोक्न सहयोगको लागि अनुरोध गरिएको थियो । नगरपालिकाको आग्रह संगै सुरक्षा निकायका प्रमुख सहित डाक्टरको टोलीले हैजा प्रभावित क्षेत्रमा अनुगमन निरीक्षण गरेपछि दुई वडा निषेधित क्षेत्र घषणा गरिएको सिडियो रेग्मीले जानकारी दिएका छन् ।

    सिडियो रेग्मी, नेपाल प्रहरीका एसपी दिलीप घिमिरे, सशस्त्र प्रहरीका एसपी बिक्रम हुमागाईं राष्ट्रिय अनुसन्धानका एसपी अभिनय कुमार सिंह सहित सुरक्षा अधिकारीको टोली हैजा प्रभावित क्षेत्र राजापुर ३ र ४ को स्थलगत अनुगमन गरेको थियो।
    त्यस अघि प्रादेशिक अस्पताल गौरको  मेडिकल सुपरिेन्डेन्ट डाक्टर मुरारी ठाकुरको नेतृत्वमा सनिवार आवश्यक औषधि सहित पुगेको थियो।

    राजापुरको दुई वडामा झाडा पखालाको बिरामीको संख्या  बढ्दै गएकाले प्रादेशिक अस्पताल गौरका अध्यक्ष महमद अनवर हाशमी, डाक्टर मुरारी ठाकुर, इमर्जेंसी इनचार्ज डाक्टर राजेश कुमार सिंह, डाक्टर गोपाल गुप्ता, लगायतको टिम आवश्यक औषधि हरु लिएर प्रभावित क्षेत्रमा पुगेको थियो।

    राजपुर ३ र ४ मा झाडा पखालाको प्रकोप फैलिएको छ। विहिवार र शुक्रवार आज २२ जना झाडा पखालाका बिरामी उपचार गराउन प्राथमिक स्वास्थ्य केन्द्र राजपुरमा गएका थिए। सो मध्ये ७ जना बिरामीको दिशाको सेम्पल टेष्टको लागि प्रादेशिक अस्पताल गौरमा आरडिटी प्रविधिबाट र जनकपुर अस्पतालमा कल्चर गर्दा हैजाको जीवाणु फेला परेको डाक्टर ठाकुरले जानकारी दिएका छन्।

    २२ जना बिरामी  मध्ये प्राथमिक स्वास्थ्य केन्द्र राजपुरमा महिला १०, बालबालिका ७ र एक जना पुरुष गरी अहिले १८ जना भर्ना गरेर उपचार भईरहेको  छ। त्यहाँ बिरामीको लागी बेड लगायत बिभिन्न बन्दोबस्तीका सामान सशस्त्र प्रहरीको टोलीले उपलब्ध गरिएको राजापुरको नगर स्वास्थ्य संयोजक खुर्शैद आलमले बताएका छन्।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend