२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

कला, साहित्यले समाजलाई सभ्य बनाउँछ : उद्योगमन्त्री भण्डारी


सञ्चार डबली
  • शुक्रबार, असोज ४ २०८१
  • 7.4K
    SHARES

  • images
    कला, साहित्यले समाजलाई सभ्य बनाउँछ : उद्योगमन्त्री भण्डारी
    काठमाडौं , असोज ४ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले मौलिक कला संस्कृतिहरुले समाजलाई सभ्य बनाउने बताउनुभएको छ । उपमा सञ्चार समूहले काठ्माण्डौँमा आयोजना गरेको श्रष्ठा सम्मान कार्यक्रममा बोल्दै उहाँले कलाकारहरुका राम्रा श्रृजनाले समाजलाई सहि बाटोमा डोर्याउन मदत पु¥याएको बताउनुभयो । 
     
    उहाँले भन्नुभयो, “कलाकारका श्रृजनाहरुलाई सबैले मन पराउँछन्, तपाईहरुका कयौ प्रतिभाहरु उच्च प्रशंसा गर्न लायक छन् । कला साहित्य हाम्रो पहिचान हो । तपाईका श्रृजनाहरुले मनोरञ्जन प्रदान गर्नुका साथै समाजलाई सहि मार्गमा डो¥याउन मदत पुर्याएको छ । तपाईहरु आम जनताको मन मस्तिस्कमा बस्ने श्रृजनाहरु ल्याउनुस मेरो सुभकामना छ । तर कतिपय गीतहरु पारिवारिक माहोलमा सुन्न नसकिने खालका छन् । यसलाई निरुत्साहित गर्नुस् ।”
     
    उपमा सञ्चार समूहले २ दर्जन बढी कलाकारहरुलाई सम्मान तथा अभिनन्दन गरेको छ । कलाकारको प्रतिभाहरुको उच्च कदर गर्दै एक समारोहका बिच सम्मान गरिएको आयोजकले जनाएको छ ।
     
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend