२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

नेपाली दलप्रति चीनको नीति स्पष्ट छैन : गगन थापा


सञ्चार डबली
  • आइतबार, भदौ ३० २०८१
  • 7.5K
    SHARES

  • नेपाली दलप्रति चीनको नीति स्पष्ट छैन : गगन थापा

    काठमाडौं , भदौ ३० । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चीन सरकारले नेपाली राजनीतिक दलप्रतिको आफ्नो नीति स्पष्ट बनाउन नसकेको बताएका छन् । आइतबार काठमाडौंमा सुधीर शर्माका दुई पुस्तक ‘हिमालपारिको हुरी’ र ‘भिक्षु, व्यापार र विद्रोह’को विमोचन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

    चीनले एकातिर नेपालका सबै दलले आफूसँग समान सम्बन्ध राख्नुपर्छ भन्नेमा जोड दिने र अर्कोतिर वामपन्थी मिल्नुपर्छ भन्ने गरेको उनले उल्लेख गरे । उनले आफू कांग्रेसको कार्यकर्ता भएर हेर्दा चीनको उक्त नीति बुझ्न नसकेको बताए ।

    “म नेपाली कांग्रेसको कार्यकर्ता, चीनको सरकारले आएर के भन्छ भने सबै नेपालका दलहरू चीनसँग समान सम्बन्ध राख्नुपर्छ भन्छ,” उनले भने, “त्यही चीनको सरकारको मान्छे फेरि एकछिनपछि दुईवटा वामपन्थी पार्टी मिल्नुपर्छ भन्छ ।” न्युज एजेन्सी नेपाल

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend