२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

इन्टरकलेज फुटसल टुर्नामेन्टः जय बहुमुखी क्याम्पस विजयी


सञ्चार डबली
  • शनिबार, जेठ २० २०८०
  • 8.2K
    SHARES

  • images
    इन्टरकलेज फुटसल टुर्नामेन्टः जय बहुमुखी क्याम्पस विजयी

    काठमाडौँ, २० जेठ । एसवाई बजार कम्पनीले आयोजना गरेको इन्टरकलेज फुटसल टुर्नामेन्टमा जय बहुमुखी क्याम्पस विजयी भएको छ । ललितपुरको राष्ट्रिय खेलकुद केन्द्र च्यासलमा सम्पन्न प्रतियोगितामा सो क्याम्पस विजयी भएको हो । प्रतियोगिताको दोस्रो विजेता पाटन बहुमुखी क्याम्पस र तेस्रो विजेता विनायक सिद्ध कलेज भएका छन् ।

    फुटसल प्रतियोगितामा ३२ भन्दा बढी निजी तथा सरकारी कलेजका विद्यार्थीहरू सहभागी रहेका थिए । एसवाई बजारका निर्देशक बिमलराज गोसाईका अनुसार प्रतियोगतामा प्रथम हुने टिमले एक लाख, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले ३५ हजार रुपैयाँ नगदसहित सम्मान पत्र, पदक र ट्रफी पुरस्कार प्रदान गरिएको थियो । कम्पनीले सर्वोत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्ता ५÷५ हजार रूपैयाँ नगर सहित पुरस्कृत गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend