२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

सिट्रोनको सी३ र ईसी३ मा चाडपर्व अफर, निःशुल्क पेट्रोलदेखि निःशुल्क मर्मत र बीमा


सञ्चार डबली
  • सोमबार, भदौ २४ २०८१
  • 8.3K
    SHARES

  • images
    सिट्रोनको सी३ र ईसी३ मा चाडपर्व अफर, निःशुल्क पेट्रोलदेखि निःशुल्क मर्मत र बीमा


    काठमाडौं । नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्सले सिट्रोन सी३ र ईसी३ मा चाडपर्व लक्षित अफर ल्याएको छ । दशैँ र तिहार नजिकिँदै गर्दा सिट्रोनले आफ्ना ग्राहकलाई थप सन्तोषजनक र आरामदायी अनुभव प्रदान गर्न नयाँ स्किम ल्याएको बताएको छ ।

    पेट्रोल कार सी ३ खरिद गर्ने ग्राहकले चार वर्षका लागि निःशुल्क पेट्रोल, ४ वर्षका लागि निःशुल्क मर्मतसम्भार, १ वर्षका लागि निःशुल्क बीमा र १ वर्षका लागि निःशुल्क सडक करको सुविधा पाउनेछन् । ग्राहकले यो कार खरीद गर्दा ७ लाख ४० हजार डाउनपमेन्ट गरे पुग्ने बताइएको छ ।

    यस्तै, विद्युतीय कार ईसी ३ साइनको खरीदमा विशेष नगद छुटको व्यवस्था रहेको छ । जसमा निःशुल्क बीमा र १ वर्षका लागि निःशुल्क सडक करलगायत सुविधा प्रदान गरिएको छ । कम्पनीले यसलाई प्रीबजेट मूल्य ३५ लाख ९९ हजारमा बिक्री गर्ने जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend