२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

पर्वहरू हाम्रा पहिचान हुन्, गौरव हुन् : सभापति देउवा


सञ्चार डबली
  • शुक्रबार, भदौ २१ २०८१
  • 6.7K
    SHARES

  • images
    पर्वहरू हाम्रा पहिचान हुन्, गौरव हुन् : सभापति देउवा

    काठमाडौँ , भदौ २१ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पर्वहरू पहिचान र गौरव भएको बताएका छन् ।

    हरितालिका तिजका अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपाल विभिन्न धर्म, संस्कृति र पर्वले समृद्ध रहेको र विभिन्न पर्वहरूमध्ये हरितालिका तिज नेपाली महिलाहरूको विशेष महत्त्वपूर्ण पर्व भएको उल्लेख गरे ।

    तिजमा चेलीहरू माइत आउने र पारिवारिक सम्बन्धलाई हार्दिक बनाउन भूमिका निर्वाह गर्ने दृष्टिले पनि यसको विशेष महत्त्व छ । सभापति देउवाले हाम्रो समाजमा सौहार्द्रता र एकतालाई मजबुत तुल्याउँदै आपसी प्रेम, सद्भाव, विश्वास र भाइचारा व्यक्त गर्ने यी परम्पराले समाजलाई एक साझा फुलबारीका रूपमा प्रतिबिम्वित गर्दै आएको बताए ।

    उनले तिज पर्वले आजको दिनमा हाम्रो देश, समाज र सबैको पारिवारिक जीवनमा सुखद् अपनत्व अभिवृद्धि गर्न सकोस् भन्दै अवसरमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend