२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

एमाले ढल होइन, चरित्रहीन गतिविधि सह्य छैन : ओली


सञ्चार डबली
  • बुधबार, भदौ १९ २०८१
  • 8.1K
    SHARES

  • images
    एमाले ढल होइन, चरित्रहीन गतिविधि सह्य छैन : ओली

    काठमाडौँ , भदौ १९ । नेकपा (एमाले)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र नैतिकहीन गतिविधि स्वीकार्य नहुने बताएका छन् । बुधबार पोलिट्ब्युरोको बैठकमा ओलीले आचारणहीन नैतिकहीन र चरित्रहीन कुरालाई नसहने बताएका हुन् ।

    “यो पार्टी ढल होइन । व्यक्ति विशेषका कमिकजोरीहरू हुन सक्छन्,” ओलीले भनेका छन्, “कि त राजनीति गर कि त इन्जोय गर । राजनीति र इन्जोय दुवै गर्न पाइँदैन ।”

    ओलीले पार्टी नीतिगतरूपमा प्रस्ट भएको दाबी गरेका छन् । उनले एमाले जग र जरा भएको पार्टी भएको बताए ।

    परिवर्तन सम्भव छ भन्ने कुरालाई आधार बनाएर अघि बढेको धारणा राखेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

    ओलीले पार्टीले स्वतन्त्रतापूर्वक निर्णायक शक्ति बनाउन पहल गर्ने बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend