२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

 पाँच हजार नाघे डेंगु संक्रमित, गण्डकीमा धेरै 


सञ्चार डबली
  • शनिबार, भदौ १५ २०८१
  • 8.6K
    SHARES

  •  पाँच हजार नाघे डेंगु संक्रमित, गण्डकीमा धेरै 


    काठमाडौं । देशभर डेंगु संक्रमितको संख्या पाँच हजार नाघेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले दिएको पछिल्लो जानकारी अनुसार डेंगु रोगको सङ्क्रमण हुम्ला र मुस्ताङबाहेकका ७५ जिल्लामा फैलिएको छ । 

    तीन जनाको डेंगु रोगको सङ्क्रमणका कारण मृत्यु भइसकेको महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा। गोकर्णप्रसाद दाहालले जानकारी दिए । डेंगु सबैभन्दा बढी गण्डकी प्रदेशमा देखिएको छ । महाशाखाका अनुसार गण्डकी प्रदेशमा सबैभन्दा धेरै दुई हजार चार सय ४० जनामा संक्रमण पुष्टि भएको छ । 

    कोशी प्रदेशमा सात सय ४९, मधेशमा ८६, बागमतीमा एक हजार ४८६, लुम्बिनी चार सय १८, कर्णालीमा ७६ र सुदूरपश्चिम प्रदेशमा ३३४ जना सङ्क्रमण देखिएको छ। काठमाडौं जिल्लामा ४६६, भक्तपुरमा ६२ र ललितपुर ८८ जनामा डेंगु सङ्क्रमण पुष्टि डा। दाहालले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend