२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

टाटा मोटर्समा उत्साह, उमंगको दशैँ योजना सार्वजनिक


सञ्चार डबली
  • शुक्रबार, भदौ १४ २०८१
  • 6.0K
    SHARES

  • टाटा मोटर्समा उत्साह, उमंगको दशैँ योजना सार्वजनिक

     

    काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले यो वर्षको दसैं लक्षित टाटा मोटर्समा उत्साह उमंगको दसैं योजना सार्वजनिक गरेको छ।

    योजनाअन्तर्गत टाटाको प्रत्येक कमर्सियल गाडी खरिद गर्दा होम अप्लायन्स, ग्याजेट वा टुर प्याकेजमध्ये एउटा रोजेर लिन सकिनेछ। होम अप्लायन्सअन्तर्गत वासिङ मेसिन, फ्रिज, एसी, टि.भी, माइक्रोवेभ छन् भने ग्याजेटअन्तर्गत आइफोन, एयरपड, म्याकबुक, एपल वाच प्राप्त गर्न सकिने कम्पनीले बताएको छ।

    यस्तै, टुर प्याकेजअन्तर्गत मरिसस, बैंकक, मलेसिया, दुबई वा युरोप भ्रमण अवसर राखिएको छ। बुकिङ गराउँदा पनि ग्राहकले स्मार्ट वाच वा इयरबड प्राप्त गर्न सक्नेछन्।

    यो योजना टाटाको ट्रक, टिपर, बस, मिनिट्रक, मिनिटिपर, योद्धा, एस, विंगर, इन्ट्रा र म्याजिकजस्ता गाडी खरिदमा लागू हुने कम्पनीले बताएको छ।आफूले खरिद गरेको गाडीअनुसार विभिन्न योजनामा सहभागी हुन सकिनेछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend