२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

नाडामा दिपलको बिग ब्यांग अफर, ७१ लाख ९९ हजारमै दिपल एस०७ किन्न सकिने


सञ्चार डबली
  • मंगलबार, भदौ ११ २०८१
  • 6.8K
    SHARES

  • images
    नाडामा दिपलको बिग ब्यांग अफर, ७१ लाख ९९ हजारमै दिपल एस०७ किन्न सकिने

    मंगलवार, भदौ ११ २०८१
    काठमाडौँ र नेपालका लागि प्रिमियम र इन्टेलिजेन्ट दिपल इभी कारको आधिकारिक वितकर एमएडब्लु वृद्धि अटोकर्पले फ्युचरिस्टिक दिपल एल०७ इलेक्ट्रिक सेडानमा बिग ब्यांग अफर घोषणा गरेको छ।

    नाडा अटो शोमा बिग ब्यांग अफरअन्तर्गत ग्राहकले अब दिपल एस०७ प्रि बजेट मूल्य ७१ लाख ९९ हजार रूपैयाँ वा सात वर्षका लागि निश्चित ६.९९ प्रतिशत ब्याजदरमा किन्न सक्ने भएका छन्। यो योजना मार्फत ग्राहकले दिपलको लोकप्रिय मोडेल एस०७ सहज ढंगमा किन्न सक्नेछन्।

    यसका साथै चांगानले नाडा अटो शोमा सार्वजनिक गरेको दिपल एल०७ इलेक्ट्रिक सेडानलाई ७ वर्षको लागि ७.९९ प्रतिशत ब्याजदरमा आफ्नो बनाउन सक्नेछन्।

    नेपालमा सार्वजनिक भएको केही महिनामै दिपल एस०७ आफ्नो अत्याधुनिक डिजाइन र प्रविधिका कारण लोकप्रिय बनेको कम्पनीको दाबी छ।

    वेलकम सिट, जेस्चर कन्ट्रोल, अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले, सनफ्लावर टचस्क्रिन, इन्जेलिजेन्ट एडास २.५ आदि जसले दिपललाई लक्जरी र सुरक्षाका हिसाबले सबैभन्दा बढी फ्युचरिस्टिक इभी बनाएको कम्पनीको भनाइ छ। 

    त्यसैगरी, भर्खंरै सार्वजनिक गरिएको दिपल एल०७ पनि एस०७ जस्तै लक्जरियस, इन्टेलिजेन्ट र प्राविधिक रूपमा बेजोड छ। ६६.८ किलोवाट आवर ब्याट्री भएको यो इभीले सिंगल चार्जमा ५४० किलोमिटरको रेन्ज दिन्छ। 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend