२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

आजको राशिफल : २०७९ चैत्र ३० गते (बिहिवार)


सञ्चार डबली
  • बिहीबार , चैत ३० २०७९
  • 83.4K
    SHARES

  • images
    आजको राशिफल : २०७९ चैत्र ३० गते (बिहिवार)

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

    एउटै कामबाट दोहोरो लाभ हुनसक्छ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । प्रेम जीवन सुखद् नै रहनेछ । प्राविधिक कार्यमा पनि सफलता मिल्नेछ ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

    नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । मन भावुक र उत्ताउलो बन्नसक्छ । प्रेममा मनमुटाव आउनेछ । अनावश्यक धन खर्च पनि हुनेछ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

    शुभकार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ । आँटेको र ताकेको कार्य पुरा होला । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

    आज निर्णय कार्यान्वयन हुन नसक्ला । आत्मबलमा कमी आउने र मनमा दुबिधा उत्पन्न हुनेछ । बुद्धिले काम नगर्न सक्छ, सचेत रहनु होला ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

    रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । जोशजाँगर र उमङ्ग बढ्नेछ । नयाँ काममा हात हाल्ने समय छ । शेयर बजारमा पनि रुचि बढ्नेछ ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

    सजिलै अरूको मन जित्न सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । रोजगारको अवसर पनि मिल्नेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

    आज धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । श्रमको उचित मूल्याङ्कन पनि हुनेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

    आज कुनै कुराले मनमा शान्ति छाउनेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । धर्म र कर्ममा मन पनि लाग्नेछ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

    आज स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

    आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय रहनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्नेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

    आज कार्य सिद्धिको योग छ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । धार्मिक कार्यमा मन लाग्नेछ, तर समयको भने ख्याल गर्नु पर्नेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

    प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । फेन्सी क्षेत्रबाट विशेष सफलता हात लाग्नेछ । पुँजी बजारको क्षेत्रबाट लाभ लिने मौका पनि छ । 

    तपाईंको दिन मङ्गलमय रहोस् । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend