२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

पुदिना सबैका लागि फाईदा नहुनसक्छ, जानिराखौं


सञ्चार डबली
  • मंगलबार, साउन १ २०८१
  • 9.6K
    SHARES

  • पुदिना सबैका लागि फाईदा नहुनसक्छ, जानिराखौं

    काठमाडौं। घरमा लगाइने रुख तथा बिरुवामा यस्ता धेरै गुण पाइन्छ, जुन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यी सबै बिरुवाहरु मध्ये, पुदीना बिरुवा धेरै जसो मानिसहरुको घरमा पाइन्छ। पुदीनावाट दन्तमंजन, टूथपेस्ट, च्युइङगम, माउथ फ्रेसनर, मिठाई आदि बनाईन्छ । यसबाहेक आयुर्वेदमा पुदिनाको प्रयोग अन्य रोगको उपचारमा पनि गरिन्छ ।

    तर यो विश्वास गरिन्छ कि जब कुनै चीज आवश्यकता भन्दा बढी प्रयोग गरिन्छ, यसको साइड इफेक्ट हाम्रो शरीरमा देखा पर्दछ। यसरी धेरै मात्रामा पुदिनाको सेवनले केही नोक्सान हुन सक्छ ।

    पुदिनाबाट हुन सक्ने नोक्सानीहरु

    १. ग्यास्ट्रो ओसोफेजियल रिफ्लक्स रोगबाट पीडित व्यक्तिहरूले पुदिनाको प्रयोग नगर्न सुझाब दिईन्छ ।

    २. गर्भावस्थामा पुदिनाको चिया पिउनाले गर्भपतनको जोखिम धेरै पटक बढ्छ, त्यसैले महिलाले गर्भावस्थामा यसको प्रयोग गर्नु हुँदैन।

    ३. पुदिनाको अत्याधिक प्रयोगले तपाईको मिर्गौला र आन्द्रालाई हानि पुर्‍याउन सक्छ।

    ४. यदी तपाई मृगौलाको रोगी हुनुहुन्छ भने पुदिना नखानुहोस, यसले झन तपाईलाई समस्यामा ल्याउन सक्छ ।

    ५ यसले रगतमा चिनिको मात्रा कम गराउँछ ।

    ६. ७–८ बर्ष भन्दा मुनिका बालबालिकाको लागि पुदिना राम्रो मानिदैन ।

    ७. जसको छाला संवेदनशील छ, उनीहरूलाई मेन्थोलसँग एलर्जी हुन सक्छ। त्यसैले तिनीहरूले यसको सेवन गर्नुपर्छ र यसबाट टाढा रहनुपर्छ।

    ८. तपाई कलेजोको बिरामी हुनुहुन्छ भने त सकेसम्म पुदिनाको सेवन नगर्नुहोस् ।

    पुदिना वा पुदिनाको पातमा आफैमा धेरै औषधीय प्रभावहरु रहेका हुन्छन, जसको सेबनले शरिरलाई अत्यधिक लाभदायक मानिन्छ। पुदिनाको पातले हरियो सलाद, चटनी, राइता र पुदीना चियासहित विभिन्न प्रकारका खानाहरूमा छुट्टै र अद्वितीय स्वाद थप्छ।

    यसको सम्भावित स्वास्थ्य लाभहरू भए पनि कतिपय अवस्थामा यो हानिकारक पनि हुने भएकाले यसको प्रयोग गर्नु अघि तपाईंले एक योग्य चिकित्सकसँग परामर्श भने गर्नुपर्छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend