२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

कम उमेरमै महिनावारी हुनुको यस्तो छ कारण


सञ्चार डबली
  • मंगलबार, असार १८ २०८१
  • 7.5K
    SHARES

  • कम उमेरमै महिनावारी हुनुको यस्तो छ कारण

    काठमाडौँ, असार १८ । महिनावारी आफैमा कुनै समस्या होइन । बरु यो महिलामा हुने प्राकृतिक प्रक्रिया हो । तर, महिनावारीको सुरुआतसँगै विभिन्न समस्या भने आउन सक्छन् ।

    खासगरी महिनावारी आउन एउटा निश्चित उमेर समय हुने गर्छ । तर, कतिपय अवस्थामा एकदमै छिटो महिनावारी सुरु हुन्छ । हामी यसको पछाडिको कारण बताउनेछौं ।

    विशेषगरी महिनावारी सुरु हुन हर्मोन, शरीरको बनावट र वंशाणुगत गुण जिम्मेवार हुन्छन् । आमरुपमा १० देखि १५ वर्षको उमेरमा महिनावारी सुरु हुन्छ । कतिपयमा यो उमेर १६ देखि १८ को बीचमा पनि हुन्छ ।

    मोटोपनको कारणले महिनावारी छिटो आउने समस्या हुन सक्छ । यस्तो स्थितिमा इन्सुलिन बढ्छ र एस्ट्रोजन हर्मोनमा बढोत्तरी हुन थाल्छ । एस्ट्रोजन नै महिलाको शरीरमा हुने परिवर्तनका लागि जिम्मेवार हुन्छ । यसले महिनावारी समयभन्दा पहिला हुन सक्छ ।

    उमेरभन्दा पहिला महिनावारी हुनुको पछाडि वंशाणुगत कारण पनि हुन सक्छ । वंशाणुगत कारणले गर्दा मोटोपन नहुँदै वा इन्सुलिन नबढे पनि कम उमेरमै महिनावारी हुन सक्छ ।

    यदि एकदमै धेरै जंक फूड खाने बानी छ भने पनि महिनावारी समयभन्दा पहिला आउन सक्छ । जंक र प्रोसेस्ड फूडले शरीरमा मोटोपन बढ्छ र महिनावारी छिटो आउँछ ।

    यस्तो समस्याबाट बच्न अभिभावकले आफ्ना छोरीलाई सानैदेखि प्लास्टिकको भाँडामा वा प्लास्टिकमा प्याक भएका खानेकुरा खान नदिनुहोस् । बच्चाहरु शारीरिक रुपमा सक्रिय रहनु पनि एकदमै महत्वपूर्ण हुन्छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend