२०७९ चैत २१ गते
पोखरामा एकजनाले आत्मदाह गरेका छन् । तीनतले घरको दोस्रो तलामा रहेको आफ्नै कोठामा उनले आत्मदाह गरेका हुन्। स्याङ्जा अर्जुनचौपारी गाउँपालिका– १ घर भई पोखरा महानगरपालिका वडा नम्बर १७ बस्ने नन्दप्रसाद अर्यालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए।
अर्यालको घरको कोठाबाट एक्कासि आगो लागेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घरको पहिलो तला र दोस्रो तलाको च्यानल गेटमा ताला लगाएर उनले आफू सुत्ने कोठामा गई आत्मदाह गरेका थिए। स्थानीयले खबर गरेलगत्तै पुगे पनि कोठामा समेत चुकुल लगाएका कारण उद्धारमा केही समय लागेकाले उनलाई बचाउन नसकेको प्रहरीको भनाइ छ। अर्यालको घरमा बोत्तलमा पेट्रोल भेटिएकाले उनले पेट्रोल छर्केर आत्मदाह गरेको प्रहरीको आशंका छ।
मृतक अर्याल करिब ६ महिनाअघि कतारबाट आएका र पुनः कतार जाने प्रक्रियामा रहेका थिए। उनकी श्रीमती र सात वर्षकी एक छोरी छन्।



