काठमाडौं, असार १० । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद धनराज गुरूङले कुबेतमा घरेलु कामदार पठाउन तत्काल रोक्नु पर्ने बताएका छन् ।
आज प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गुरूङले पछिल्लो छ महिनामा १० हजार नेपाली महिला घरेलु कामदारका रूपमा कुबेत पुगेका बताए । कुबेतमा अहिले ४१ हजार नेपाली महिला कामदार रहेको जसमा २७ हजार महिलाहरू गैरकानुनी रूपमा रहेका गुरूङले बताए ।
सरकारले कुबेतमा घरेलु कामदारका रूपमा नेपालीहरूलाई नपठाउने भने पनि गैरकानुनी रूपमा उनीहरू पुगेकोले तत्काल रोक्न उनले सरकारको ध्यानाकर्षण गराएका छन्। घरेलु कामदारका रूपमा गैरकानुनी रूपमा उनीहरूलाई पठाउनु खेदजनक छ,’ उनले भने, यसतर्फ सरकारको ध्यान आकृष्ट हुनुपर्छ।’ साथै उनले घरेलु कामदारका रूपमा महिलाहरूलाई कुबेत जान दिन नहुने पनि बताएका छन्।



