२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

सिन्धुलीमा कार दुर्घटना, ४ जनाको मृत्यु


सञ्चार डबली
  • बुधबार, चैत २९ २०७९
  • 9.2K
    SHARES

  • images
    सिन्धुलीमा कार दुर्घटना, ४ जनाको मृत्यु


    काठमाडौं, चैत २९ गते ।  सिन्धुलीको कमलामाई नगरपालिका ३ को सोलाभन्ज्याङ नजिक  कार दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । काठमाडौं जाँदै गरेको बी आर डीडी ०६८७ भारतीय नम्बरको कार बीपी राजमार्गको सिन्धुलीमाडी–खुर्कोट खण्डमा बुधबार बिहान दुर्घटनामा मृत्यु हुने सबै भारतीय नागरिक रहेका प्रहरीले जनाएको छ ।


     कारमा पाँचजना सवार थिए । दुर्घटनामा घाइते भएका एक जनाको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ ।  घटनास्थलमा तीन जना र सिन्धुली अस्पतालमा एक गरी चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।कार सडकबाट करिब पाँच सय मिटर तल खसेर दुर्घटना भएको हो।

  • सम्बन्धित विषय:

  • # सिन्धुलीमा कार दुर्घटना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend