२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

निद्राका तीन चरणः निन्द्रा पूरा गरे बढ्छ आयु  


सञ्चार डबली
  • बिहीबार , जेठ २४ २०८१
  • 9.9K
    SHARES

  • निद्राका तीन चरणः निन्द्रा पूरा गरे बढ्छ आयु  


    काठमाडौं । निद्राका तीन चरण छन्, जब हामी पुरा समय मस्त निदाउँछौं, बीचमा निद्रा टुट्दैन भने शरीरका सबै अंग रिचार्ज हुन्छन् । राम्रो निद्राका लागि बेलुकीको खाना र सुत्ने ठाउँको उचित व्यवस्थापनमा पनि ध्यान दिनै पर्छ । –जाग्दै र बाधा पर्दै ९ घण्टा सुत्नुभन्दा राम्ररी ६ घण्टा सुत्न पाउनु स्वास्थ्यका दृष्टिले अति उत्तम हुन्छ ।

    यदि दिउँसो २ देखि साँझ ५ बजेको बीचमा धेरै निद्रा लाग्छ भने सम्झनुहोस् तपाईं चाँडै मर्दै हुनुहुन्छ । यो मैले भनेको होइन वैज्ञानिकहरुले भनेका हुन् । यो विषय वास्तविक घटनाका उदाहरणले प्रष्ट पार्नेछ । 

    उदाहरण १ः  भारतको निकै सफल कम्पनी सिस्टम्स एप्लिकेसन्स एण्ड प्रोडक्सन इन डाटा प्रोसेसिङ ९एसएपी०का सीइओ रन्जन दासको दिनचर्या व्यायामबाट सुरु हुन्थ्यो । उनी हरेक दिन जगिङ गर्थे, जिममा वर्कआउट गर्थे र सधैं स्वास्थ्यवर्धक, स्वच्छ खाना खान्थे । यतिमात्र होइन उनी बेला बेला म्याराथनमा पनि सहभागी हुन्थे । स्वास्थ्यका लागि यति धेरै समय निकाल्ने मान्छे शारीरिक र मानसिक रुपमा फिट नहुने कुरै भएन । तर, २१ अक्टोबर २००९ मा जिमबाट घर फर्किदै गर्दा उनको ह्दयघातका कारण मृत्यु भयो । 

    जो व्यक्ति दैनिक जगिङ गरेर स्वस्थ मुटुका लागि आवश्यक उपाय गरिरहेको हुन्छ, जसले म्याराथनमा दौडिनका लागि समेत आफ्नो मुटुलाई ट्रेन्ड गरिसकेको थियो, उही व्यक्तिको जीवन ह्दयाघातका कारण कम उमेरमै सकिन्छ । यसको पछाडिको कारण फिट र फ्रेस फिल गर्नका लागि हरेक दिन पूरा चार घण्टाको निद्रा जरुरी हुन्छ । के स्वास्थ्यप्रति सचेत सीइओ दासले आफ्नो दैनिकीमा निद्रा जस्तो महत्वपूर्ण विषयलाई भूलेका थिए ? 

    उदाहरण २ ः के तपाईंले ‘डे लाइट सेभिङ’बारे सुन्नुभएको छ ?  यो अमेरिकामा मार्च महिनामा एक दिन घडीलाई एक घण्टा छिटो बनाइन्छ ताकि समरमा एउटा दिन लामो बनाउन सकियोस् । २ मार्चको राति २ बजे नै घडीलाई एक घण्टा छिटो बनाइन्छ र त्यो दिन मानिसहरुलाई एक घण्टा कम सुत्न पर्छ । 
    इन्टरभेन्सनल कार्डियोलोजीबारे गरिएको एक अध्ययनले उक्त एक घण्टा कम सुत्नाले मानिसहरुमा २५ प्रतिशत ह्दयाघातको जोखिम बढाएको देखाएको छ । यतिमात्र होइन अध्ययनमा उक्त जोखिम २ दिनसम्म कायम देखिएको थियो । यो केवल एक घण्टा कम सुत्नाको कारणबाट भएको अध्ययनमा भनिएको छ । मार्चको एक घण्टा पछि नोभेम्बरमा थपिँदा सोही अध्ययनले २२ प्रतिशतले ह्दयाघातको जोखिम कम हुने देखाएको थियो । 

    निद्राबारे अध्ययन अनुसन्धान गर्न दुनियाभरका वैज्ञानिकहरु सम्मिलित एक एशोसिएटेड प्रोफेसनल स्लिप सोसाइटी (एलएलसी) छ । सोसाइटीको एक रिपोर्टमा  दुनियाभरका मानिसहरु जो नर्मल समयमा सुत्दैनन् वा सुत्न सक्दैनन् (स्लिप डिप्राइप भएका) ती व्यक्तिहरु विशेषगरि दुई वटा समयका अन्तरालमा निदाउने गरेको अध्ययनबाट प्रष्ट पारेका थिए । 
    जसमा पहिलो सुत्ने समय अन्तराल भनेको राति २ देखि ७ बजेको बीचमा थियो भने दोस्रो समय दिउँसो २ देखि ५ बजेको समय थियो । यसरी दुई निद्रा समय छुट्याइएको थियो । 

    यसमा सम्बद्ध  वैज्ञानिकहरुले के तथ्य पाए भने यी दुवै निद्रा साइकल फलो गर्ने - निदाउने-मानिसहरु सबैभन्दा धेरै ह्दयाघातका कारण मर्ने गर्छन् । ह्दयाघातको उक्त आश्चर्यलाग्दो ढाँचा देखेर वैज्ञानिकहरुलाई पनि लाग्यो कि त्यो संयोगले भएको होला । तर पर्खनुहोस्, पछिल्लो वर्ष भारतको अहमदाबादको जाइडस अस्पतालले २ सय ४३ जना मुटुका बिरामीको सर्भे गरेको थियो । उक्त सर्भेले अपर्याप्त निद्राका कारण ३७ प्रतिशत सहभागीमा ह्दयाघात भएको निचोड निकालेको थियो । 

    उदाहरण ३ः युरोपियन हार्ट जर्नलले भिन्न भिन्न ८ वटा देशका ४ लाख ७० हजार मानिसमा गरेको एक अध्ययनले पनि कम सुत्नेहरुलाई ह्दयाघातको जोखिम ४८ प्रतिशत बढी हुने निष्कर्ष निकालेको थियो । यी सब उदाहरणले के भन्न खोजिएको हो भने यदि तपाईंलाई राती २ देखि बिहान ७ बजेको बीचमा वा दिउँसो २ बजेदेखि साँझ ५ बजेको बीचमा निदाउने बानी लागेको छ भने यो बुझ्नुहोस् कि तपार्इंलाई निन्द्राको कमी भएको छ । 
    तपाईंको मुटु कमजोर हुन सुरु गरिसकेको छ । वैज्ञानिक अनुसन्धानअनुसार सामान्य दिनचर्या पछ्याएर सुत्ने मानिसहरुका तुलनामा तपाईको लगभग ४५ प्रतिशत बढी ह्दयाघातबाट मृत्यु हुने सम्भावना छ । 

    उदाहरण ४ः तपाईले निरन्तर पूरा निद्रा लिने गर्नुभएको छ र कुनै दिन कारणबस एक वा दुई दिनसम्म ठिकसँग सुत्न पाउनुभएन, ती दिन आफूले आफैंलाई निकै सुस्त, मदिरा सेवन गरेर लरबराएको जस्तो वा शरीर पूरै गलेको जस्तो, दिमागले  पनि राम्रोसँग काम गर्न नसकेको थकान महसुस गर्नुभएको छ ? यदि छ भने यस्तो किन हुने गर्छ विचार गर्नुभएको छ रु यदि छ भने यो बुझ्नुहोस कि निद्रा हाम्रो मुटुसँग मात्र जोडिएको विषय होइन यसले हाम्रो मस्तिष्कमा पनि प्रत्यक्ष असर गरिराखेको हुन्छ । 

    मेडिकल न्युज टुडेको एक रिसर्चका अनुसार हरेक वर्ष यदि १ प्रतिशत मात्रै पनि गहिरो निद्रा (डीप स्लिप) को समय कम हुन्छ भने त्यसले व्यक्तिमा ब्रेन ड्यामेज गर्ने रोग जस्तोकि अल्जाइमर र डिमेन्सिया हुने जोखिम २७ प्रतिशतले बढाउँछ । अष्टे«लियाको दोस्रो मुख्य विश्वविद्यालय युनिभर्सिटी अफ न्यु साउथ वेल्सकी रिसर्चर एन विलियमसनका अनुसार मानिस १७ घण्टासम्म नसुती बस्छन् भने पनि त्यो मदिरा सेवनको लागि दिइएको लिमिट क्रस गरे भन्दा पनि ज्यादा घातक हुन्छ । 

    भारतमा त मदिरा सेवन गरेर सवारी चलाउनेको तुलनामा अपूर्ण निद्राका कारण लगभग ४ गुणा बढी दुर्घटना हुने गरेको यातायात विभागको तथ्यांक छ । अर्थात् मदिरा सेवन गरेर सवारी चलाउँदा ११ प्रतिशत सडक दुर्घटना हुन्छ भने, कम निद्रा लिएका व्यक्तिले सवारी चलाउँदा दुर्घटना ४० प्रतिशत हुने गरेको तथ्यांक छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend