२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

 मासुको खपत ७५ प्रतिशतले घटाउँदा जलवायु परिवर्तनविरुद्ध लड्न सहयोग पुग्छः अध्ययन


सञ्चार डबली
  • आइतबार, जेठ १३ २०८१
  • 8.9K
    SHARES

  •  मासुको खपत ७५ प्रतिशतले घटाउँदा जलवायु परिवर्तनविरुद्ध लड्न सहयोग पुग्छः अध्ययन


    काठमाडौं । तपाईले दैनिक कति मासु खानु हुन्छ्रः त्यसो त विज्ञहरू शाकाहारी भोजनलाई जोड दिँदै आएका छन् । माछा मासुभन्दा फलफूल स्वास्थ्यका लागि हितकर हुने उनीहरूको भनाइ छ । तर, वैज्ञानिकहरूले मासु कम खाँदा स्वास्थ्यमा फाइदाको अतिरिक्त जलवायु परिवर्तनसँग लड्न सहयोग हुने बताएका छन् ।

    एउटा नयाँ अध्ययनअनुसार विश्वव्यापीरूपमा मासुको खपत ७५ प्रतिशतले घटाउँदा जलवायु परिवर्तनसँग लड्न मद्दत गर्न सक्छ ।यसको मतलब यो होइन कि आफ्नो आहारबाट मासु पूर्णरूपमा हटाउनु पर्छ । बरु, महत्वपूर्ण परिवर्तन आवश्यक छ । मासु व्यवसायले ठूलो वातावरणीय प्रभाव पारेको छ र पछिल्ला दशकहरूमा मानव आहारको आवश्यकताभन्दा धेरै मासुको माग बढेको छ ।

    प्रतिवेदनका लेखक तथ बोन विश्वविद्यालयका प्रोफेसर डा।मतिन काइमका अनुसार सबै मानिसहरूले युरोपेली वा उत्तर अमेरिकीहरू जत्तिकै मासु उपभोग गर्ने हो भने हामीले निश्चित रूपमा अन्तर्राष्ट्रिय जलवायु लक्ष्यहरू गुमाउनेछौं र धेरै जैविक प्रणालीहरू ध्वस्त हुनेछन् ।

    काइमका अनुसार हामीले हाम्रो मासु खपतलाई आधा घटाउनुपर्छ–प्रतिवर्ष २० किलोग्राम वा त्योभन्दा कम । नयाँ अध्ययन एनुअल रिभ्यु अफ रिसोर्स इकोनोमिक्समा प्रकाशित छ । उत्तरी अमेरिका, सामुद्रिक र युरोपका धनी देशहरूले प्रतिव्यक्ति सबैभन्दा बढी मासु खपत गर्छन् । विश्लेषणअनुसार सन् २०५० सम्म मासुको माग बढिरहनेछ । मासुको अत्यधिक सेवनले स्वास्थ्य समस्या निम्त्याउने तथ्यका बाबजुद पनि यसको माग बढ्दो छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend