२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

 ‘केपी–१ र केपी–२’ कोरोना भेरियन्ट कति खतरनाक ?


सञ्चार डबली
  • शनिबार, जेठ १२ २०८१
  • 7.7K
    SHARES

  •  ‘केपी–१ र केपी–२’ कोरोना भेरियन्ट कति खतरनाक ?


    काठमाडौं । अमेरिका, भारत, सिङ्गापुर लगायत विश्वका धेरै देशमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएको छ । यो भेरियन्टलाई केपी वान र केपी टु नामाकरण गरिएको छ । नयाँ भेरियन्टका कारण अहिले अन्य देशहरुमा पनि कोरोनाको संक्रमण बढ्न थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 
    भारतमा नयाँ भेरियन्टको साथ संक्रममितको संख्या ३२५ पुगेको जनाइएको छ । 

    कोरोनाको नयाँ भेरियन्टमा गरिएको प्रारम्भिक अध्ययनमा यसले शरीरमा बनेको रोग प्रतिरोधात्मक क्षमतालाई कमजोर पारेर संक्रमण बढाउने गरेको पाइएको छ ।यूएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले प्रारम्भिक अनुसन्धानमा नयाँ भेरियन्टले संक्रमण बढाए पनि त्यति खतरा नरहेको जनाएको छ ।

    तर, नयाँ भेरियन्टका केसहरू बढ्दै गएको गतिलाई हेर्दा यसले छिट्टै सबैभन्दा फैलिएको ओमिक्रोन भेरियन्ट ‘जेएन वान’ लाई पछाडि पार्ने सम्भावना पनि रहेको सीडीसीले जनाएको छ ।यस्तै, सिंगापुरमा पनि कोरोनाको संक्रमण बढ्न थालेको छ ।

    केपी वान र केपी टू लाई कोरोनाको प्रावधिक नाममा आधारित ‘फिलारेट’ नाम दिइएको येल मेडिसिनका संक्रामक रोग विशेषज्ञ डा। स्कट रोबर्ट्सले बताएका छन् ।यो ओमिक्रोनको एक सव–भ्यारियन्ट हो, जुन विगत केहि वर्ष देखि विश्वव्यापी रूपमा रिपोर्ट गरिएको मुख्य संस्करण हो । ओमिक्रोन भेरियन्टलाई अत्यधिक संक्रामक मानिन्छ र यसले प्रतिरक्षा प्रणालीलाई सजिलै खत्तम पार्ने देखाइएको छ।

    जोन हप्किन्स ब्लूमबर्ग स्कूल अफ पब्लिक हेल्थको रिपोर्ट अनुसार फिलारेटको स्पाइक प्रोटिनमा देखिएको उत्परिवर्तनले यसको संक्रामकता बढाउने विश्वास गरिन्छ तर यसले गम्भीर रोग निम्त्याउने सम्भावना भने अघिल्ला भ्यारियन्टको तुलनामा कम छ ।सिंगापुर यस नयाँ संस्करणबाट सबैभन्दा प्रभावित देशहरू मध्ये एक हो ।  स्थानीय सञ्चारमाध्यमका अनुसार हालै त्यहाँ संक्रमित भेटिएका अधिकांशमा ‘केपी टू’ भेरियन्ट नै मुख्य कारण रहेको पाइएको छ ।

    धेरैजसो व्यक्तिमा हल्का लक्षण मात्र देखिएको र उनीहरु सजिलै निको हुँदै गएको पनि चिकित्सकहरुले बताएका छन् ।ट्रिनिटी हेल्थका वरिष्ठ उपाध्यक्ष र अनुसन्धानकर्ता डा। ट्यामी लुन्डस्ट्रमले एक रिपोर्टमा भनेका छन्, ‘नयाँ संस्करणका लक्षणहरू पनि कोभिडको अघिल्लो संस्करणहरू जस्तै छन् । 

    धेरैजसो संक्रमितमा ज्वरो वा चिसो लाग्ने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, थकान, मांसपेशी वा शरीर दुख्ने, टाउको दुख्ने, स्वाद वा गन्ध नमिल्ने जस्ता समस्या देखिन्छन् । कतिपय संक्रमितमा विना लक्षण नै देखिन्छन् ।’अधिकांश मानिसलाई खोप लगाइएकाले कोरोना संक्रमणका कारण गम्भीर रोगको जोखिम भने कम रहेको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend