२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

भक्तपुर अस्पताल मुलुककै सर्वोत्कृष्ट अस्पताल बन्न सफल


सञ्चार डबली
  • मंगलबार, जेठ ९ २०८०
  • 9.4K
    SHARES

  • images
    भक्तपुर अस्पताल मुलुककै सर्वोत्कृष्ट अस्पताल बन्न सफल

    भक्तपुर, ९ जेठ । भक्तपुर अस्पताल यस वर्ष मुलुकको सर्वोत्कृष्ट अस्पताल बन्न सफल भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नजरमा भक्तपुर अस्पताल यस बर्षको नै सर्बोत्कृष्ट अस्पताल बन्न पुगेको हो ।

    न्यूनतम सेवा मापदण्डमा सेवा प्रवाहको अवस्था मूल्याङ्कनमा भक्तपुर अस्पताल ९७ अंकसहित मुलुककै सर्वोत्कृष्ट अस्पताल बन्न सफल भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयको सरकारी मूल्याङ्कन टोलीले अवलोकन तथा मूल्याङ्कन पछि सो घोषणा गरिएको हो ।

    सो नतिजा पछि खुसी लागेको भक्तपुर अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट डा.सुमित्रा गौतमले बताइन । अस्पतालमा कार्यरत चिकित्सक, नर्स, कर्मचारीहरूको संयुक्त मेहनतको कारण अस्पताल मुलुकको सर्वोत्कृष्ट हुन सकेको उनले जनाएकी छिन् । उनले सो अस्पतालमा मेहनतका साथ काम गर्ने सबै कर्मचारीलाइ धन्यवादसमेत दिएकी छिन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend