२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

आजको तरकारी तथा फलफूलको मुल्य


सञ्चार डबली
  • सोमबार, जेठ ८ २०८०
  • 8.4K
    SHARES

  • images
    आजको तरकारी तथा फलफूलको मुल्य

    काठमाडौ, ८ जेष्ठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीको मुल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेडा, रुख कटहर र भिण्डी प्रतिकेजी ५५ रुपैयाँ, रातो आलु ३६ रुपैयाँ ५० पैसा, भारतीय रातो आलु ३१ रुपैयाँ, मुडेको रातो आलु ३६ रुपैयाँ ५० पैसा तोकिएको छ ।

    लोकल गाँजर ६५ रुपैयाँ, तराई गोलभेडा ४० रुपैयाँ, सेतो आलु २९ रुपैयाँ ३३ पैसा, लोकल बन्दा १२ रुपैयाँ ४० पैसा, स्थानीय काउली र ब्रोकाउली ७५ रुपैयाँ, लौका, तितो करेला र घिरौला प्रतिकेजी ४५ रुपैयाँ, सानो गोलभेडा, लाम्चो भन्टा, तने बोडी र माछे खुर्सानी ३५ रुपैयाँ केजीमा किनबेच भइरहेको छ ।

    उता, मकै बोडी ५६ रुपैयाँ ६७ पैसा, लोकल परवर ९५ रुपैयाँ, मटरकोशा १४० रुपैयाँ, भटमासकोशा ११६ रुपैयाँ ६७ पैसा, चिचिन्डो ४६ रुपैयाँ ६७ पैसा, चमसूर, सौफ र पालूगो साग ११६ रुपैयाँ ६७ पैसामा किनबेच हुदैँछ ।

    यसैगरी, कन्य च्याउ १३० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, न्यूरो र हरियो प्याज ७६ रुपैयाँ ६७ पैसा, तोरी र रायोको साग ४६ रुपैयाँ ६७ पैसा, बरेला १०५ रुपैयाँ, सेलरी १४० रुपैयाँ र पुदीना १८० रुपैयाँ तोकिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend