२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

स्वास्थ्यका लागि जैतुनको तेल खानुका गर्नुका फाईदाहरु


सञ्चार डबली
  • आइतबार, वैशाख ३० २०८१
  • 8.9K
    SHARES

  • स्वास्थ्यका लागि जैतुनको तेल खानुका गर्नुका फाईदाहरु


    काठमाडौं । तेल भन्‍नेबित्तिकै मानिसको दिमागमा फ्याट बढाउने भनेर सम्झना आउँछ। तर एउटा यस्तो तेल जसले फ्‍याट घटाउन महत्वपूर्ण मानिन्छ, त्‍यतिमात्रै होइन यसले मानिसको दिमागलाई बलियो र स्फूर्त राख्‍न अहम भूमिका खेल्दछ, त्‍यो हो जैतुनको तेल।

    साधारणतया जैतुन दुई रङमा उपलब्ध हुन्छ, एउटा कालो, अर्को हरियो। दुवै रङको जैतुनको तेल बेग्लाबेग्लै रुपमा प्रयोगमा आउँनुका साथै निकै लाभदायी हुन्छ। तीमध्‍ये जैतुनलाई भर्जिन, एक्स्ट्रा भर्जिन, पियोर ओलिभ ओयल र लाम्पान्टे ओएल गरी चार भागमा विभाजन गरिएको छ।

    त्‍यसमध्‍ये भर्जिन, एक्ट्रा भर्जिन, पियोर ओलिभ ओयल जैतुनको तेललाई मसाज गर्न, खाना पकाउन लागि सर्वोत्कृष्ट मानिन्छ भने लाम्पान्टे ओएल इन्धनको लागि बढी उपयोगी मानिन्छ।

    यसको तेलले क्यान्सरका बिरामीलाई क्‍यान्सर घटाउन मद्दत गर्छ भने मुटुको रोगीलाई अचुक औषधिको रुपमा मानिन्छ। यो तेलको नियमित सेवनले मष्तिष्क स्वस्थ बनाउनुका साथै दिमाग तेज बनाउँछ।

    यसका साथै मसाज गरेमा शरीरका हड्डीहरु मजबुत बनाउँछ। यसका साथै उच्च रक्तचापका विरामीहरुलाई पनि फाइदा पुर्‍याउँछ। शरीरमा भएको बोसोरमोटोपन घटाउन, कपाल चम्किलो र मुलायम बनाउन जैतुनको तेलले भरपूर सहयोग गर्छ।

    सामान्‍य हड्डी मर्किएमा अस्पताल जानुको साटो यो तेल लगाएर मसाज गरेमा मर्किएको अंग निको हुन्छ। यस्तै यौन शक्ति कमजोर भएका मानिसहरुका लागि जैतुनको तेलमा पकाएका परिकारहरु बहुउपयोगी मानिन्छ। यसका लागि १० ग्राम दालचिनी र ३० ग्राम जैतुनको तेलको मिश्रण गराएर शरीरमा मालिस गर्न सकिन्छ।

    जैतुनको तेल प्राय युरोपेली मुलुकहरुले बढी प्रयोग गर्ने गर्दछन्। उनीहरुले यसलाई प्राय खाना पकाउनमा प्रयोग गर्ने गर्दछन्। खासगरी इटालियनहरुले जैतुनको तेललाई आफ्नो भान्सामा अनिवार्य नै गरेका हुन्छन्।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend