२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

स्वास्थ्य निमको पात खानुका फाईदाहरु यसप्रकार


सञ्चार डबली
  • बिहीबार , वैशाख २७ २०८१
  • 11.0K
    SHARES

  • स्वास्थ्य निमको पात खानुका फाईदाहरु यसप्रकार

    काठमाडौं । निम स्वास्थका लागि निकै फाइदाजनक रहेको विभिन्न अध्ययनहरुले पुष्टि गरिसकसको छ । यसले इम्युनिटी बुस्ट गर्छ र छालासँग सम्बन्धित धेरै समस्याबाट छुटकारा दिलाउँछ । निमपानीमा एन्टी–इन्फ्लेमेटरी, एन्टी–फंगल, एन्टी–ब्याक्टेरियललगायत धेरै त्यस्ता पोषक तत्व हुन्छन्, जसले धेरै रोगहरुबाट मानिसलाई बचाउँछन् ।नीम रुख वर्गमा पर्ने आयुवेर्दिक गुण भएो औषधि हो ।

    हरेक रोगका लागि अचूक औपाधिीय गुण भएको यो वनस्पतीको स्वाद अत्यन्त तितो हुन्छ । नीम एउटा आयुर्वे्दिक औषधि हो ।जुन स्वास्थ्यकोलागि धेरै किसिमले फाइदाजनक छ । नीम, हाम्रो शरीर, छाला तथा कपालको लागि अत्यन्तै फाइदाजनक औषधि हो ।

    तर यसको तितो स्वादले गर्दा प्रायले यसको सेवन गर्न मनपराउदैनन् । त्यसैले यसको जतिनै गुणहरु भएपनि उपयोग गर्न त्यति रुचाउदैनन् । निम खानुका फाईदाहरु यसप्रकार छन् ।  

    नीममा एन्टी इंफ्लेमेट्री तत्व पाइन्छ, नीमको रसले चाया, डण्डीफोर आदिलाई नियन्त्रण गर्नुका साथै यसको नियमित प्रयोगले भविष्यमा समेत यसबाट मुक्ति दिलाउँछ। नीमको जूस रसले अनुहार तथा शरीरको छालाको रंग निखार्नमा बिशेष भूमिका खेल्दछ ।

    पाचन तथा मधुमेह
    पाचन क्रियालाई समेत ठिक बनाउनमा सहयोग गर्दछ । नीमको जूसले मधुमेहका रोगीहरुलाई समेत धेरै फाइदा गर्दछ । दैनिक नीमको जूस पिउनाले ब्लड़ सुगरको (लेवल) एकदम नियन्त्रण हुन्छ ।छाला सम्बन्धि रोग यसको साथै छाला सम्बन्धि रोगहरु जस्तै एक्जिमा, स्मल पक्स आदिमा पनि नीमको जूस पिउनाले त्यस्ता रोगहरुलाई निर्मुल पर्दछ । नीम एउटा रगत शुद्ध पार्ने अचुक औषधि हो। यसले शरीरमा हुने खराब कोलेस्ट्रोल घटाउने तथा नष्ट गर्ने काम गर्दछ ।कामशक्ति घटाउनःकेही दिनसम्म लगातार नीमको पातको सेवन गर्नाले काम शक्ति घटेर जान्छ । धेरै दिनसम्म सेवन गरे नपुंशक समेत बनाई दिन्छ ।

    नीमको एक मुठी पात कुटेर मनतातो पानी घाउ र खटिरामा बाँधी दिने हो भने छिट्टै घाउ खटिरा निको हुनेछ । घाउ खटिरा, बालतोड, पाकेको घाउ आदिमा पनि आराम गर्दछ । अथवा नीमको तेल लगाउनाले पनि घाउ खटिरा, बालतोड, पाकेको घाउ आदिमा आराम गर्दछ ।

    नीमको पात दहीमा पिनेर लगाउने गरेमा पनि दाद जान्छ । नीमको काठ गाईको गौंतमा घोटेर लगाउने गरेमा दाद ठिक हुन्छ ।

    नीमको बोक्राको खरानी लगाउनाले आराम हुँदै जान्छ ।

    नीमको फल, फूल र पात बराबर लिएर मसिनो गरी पिंध्नु र शर्वत जस्तै १ गिलास पानीमा घोलेर पिउनु, यसरी पिएमा २०्३० दिनमा सेतो दुबी ठीक हुन्छ ।

    नीमको जरा गर्भवती स्त्रीको कम्मरमा बाँध्नाले बच्चा सजिलैसँग जन्मन्छ तर बच्चा हुने बित्तिकै जरा फुकाएर फ्याकिदिनु पर्छ ।

    नीमको काठ पानीमा चन्दन झै घोटेर बाक्लो लेप गर्नाले क्यान्सरको घाउ पनि निको भएर आउँछ ।

    नीमको पात, डाँठ, फल, फूल, जरा कुटेर धूलो पार्ने आधा चम्चा धूलो मिश्रीमा मिलाएर खाएमा ठीक हुन्छ ।

    नीमको पात कुटेर रस निकाल्ने र टोकेको ठाउँमा राम्ररी दल्नाले आराम गर्दछ ।

    मरिचको धूलो, निमको पात तेलमा डडाएर पक्षघात भएको अंगमा बिहान–बेलुका मालिस गरेमा बिस्तारै ठीक हुँदै जानेछ ।

    १० पात निम, १० पात बकाइनो पिनेर लेदो बनाएर लगाएमा केही समयमा नै ठीक हुन्छ ।

    मेथीको धूलो, बेसार, नीमपातको मिश्रण पानीमा रगडेर बिहानरबेलुका अनुहारमा लगाउने गरेमा डण्डीफोर, चायाँ, दाग, दाद बिस्तारै ठिक हुँदै जान्छ ।स्नीमको पात कुटेर घाउमा बाँध्नाले ठीक हुन्छ यी लगाायत अन्या विभिन्न रोगाहरुमा पनि निम अचूक औषधि मानिएको छ । निम नेपालको विभन्नि भागमा पाइने गर्दछ । निमको पात जरा दाना डाठ सबै अंक औषधिका लागि महत्वपूण मानिन्छ । आफ्नै गाउँघरमा पाईने निमलाई चिनौं रोग निक पारौं ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend