२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

लालितपुर महानगरद्वारा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परिक्षण सुरु


सञ्चार डबली
  • बिहीबार , वैशाख १३ २०८१
  • 9.2K
    SHARES

  • images
    लालितपुर महानगरद्वारा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परिक्षण सुरु


    काठमाडौं । ललितपुर महानगरपालिकाले पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परिक्षण (स्क्रिनिब) सेवा सुचारु गर्ने भएको छ ।गत वर्षदेखि नै आफ्नै साधन स्रोत परिचालन गरी ३० देखि ६० वर्ष उमेर समूहका १३०० महिलाहरुको एचपीभी डिएनए विधिबाट ८ वटा वडाहरुमा प्रारम्भिक परिक्षण तथा उपचारको पहल गर्दै आएको ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०८०/२०८१ मा थप २९ वटै वडाहरुमा यो सेवा प्रदान गर्ने भएको हो ।

    जनचेतना र स्क्रिनिबका साथसाथै उपचार गर्नुपर्ने अवस्थाका महिलाहरुलाई नेपाल क्यान्सर केयर फाउण्डेशनको प्राविधिक सहयोगमा महानगरपालिकाले नि: शूल्क उपचार सेवा समेत प्रदान गर्ने भएको छ । पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परिक्षण तथा उपचार सबैको पहुँचमा पु्र्याइ जनचेतना बढाउने उद्देश्यले यो योजनाको सुरुवात गरिएको ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए ।

    ललितपुर महानगरपालिकामा गरिने पाठेघर मुखको क्यान्सरको प्रारम्भिक परिक्षण एचपीभी डिएनए प्रविधिबाट हुनेछ । नेपाल क्यान्सर केयर फाउण्डेशनका निर्देशक तथा क्यान्सर रोग विशेषज्ञ डा.सरिता घिमिरेका अनुसार पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परिक्षण (स्क्रिनिब) गर्नका लागि संसार भरिमै हाल उपलब्ध विभिन्न विधिहरु जस्तै PAP SMEAR, VIA भन्दा HPV DNA विधि सबैभन्दा प्रभावकारी विधि हो ।

    नेपाल क्यान्सर केयर फाउण्डेशनको आकँडा अनुसार महिलाहरुमा हुने क्यान्सर मध्ये स्तन र पाठेघरको क्यान्सर सबैभन्दा बढी मात्रामा देखिएको र पाठेघरको क्यान्सरबाट पूर्ण रुपले बच्न सकिने तथा स्तन क्यान्सरको प्रारम्भिक चरणमै थाहा पाउन सकिने भएको हुनाले यी जाँचहरु नियमित रुपमा गर्नुपर्ने आवश्यकता रहेको डा. घिमिरेले बताइन् ।

    सन् २०३० सम्म ३० वर्षमाथिका महिलाहरुमध्ये नब्बे प्रतिशत (९०%) को पाठेघरको मुखको क्यान्सरको “स्क्रिनिब” गर्ने दिगो बिकाश लक्ष्य प्राप्तिका लागि र विश्व स्वास्थ्य संगठनको सिफारिस अनुसार नेपाल सरकारले आ.ब २०८०÷२०८१ मा कोशी, मधेश , बागमती र लुम्बिनीका ८ वटा जिल्लाका १४ स्थानीय तहबाट HPV DNA विधिबाट पाठेघरको मुखको क्यान्सर स्क्रिनिब सेवा पाइलट प्रोजेक्टको रुपमा शुरुवात गरिसकेको छ ।

    नेपाल सरकारले आगामी आर्थिक वर्षमा सातै प्रदेशमा यो सेवा विस्तार गर्ने योजना बनाएको छ । यद्यपी, HPV DNA विधिबाट पाठेघरको मुखको क्यान्सरको स्क्रिनिब सेवा लागू नभएका स्थानीय तहहरुमा VIA विधिबाट नै नियमित रुपमा पाठेघरको मुखको क्यान्सरको स्क्रिनिब गरिने जनाएको छ ।

    सरकारले यसै वर्षको अन्त्य सम्ममा ४५००० भन्दा बढी महिलाहरुको HPV DNA विधिबाट स्क्रिनिब गर्ने लक्ष्य लिएको छ भने आगामी वर्षमा स्क्रिनिब सेवालाई बढाउँदै लैजाने योजना बनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेक कुमार लालले बताए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend