२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

गर्मीमा काखीमा आउने पसिनाको दुर्गन्ध हटाउन उपायहरु


सञ्चार डबली
  • मंगलबार, चैत २८ २०७९
  • 13.6K
    SHARES

  • images
    गर्मीमा काखीमा आउने पसिनाको दुर्गन्ध हटाउन उपायहरु
    काठमाडौं, चैत २८ गते ।  बैशाख महिना सुरु हुन लागेको छ, जसले गर्दा मौसम गर्मिलो हुन थालेको छ । बैशाखको यो गर्मिमा पसिना आउनु स्वभाविक हो ।  गर्मी मौसममा पसिना आउनु र त्यसको शारीरिक गन्धका मुख्यतः काखी गन्हाउनु सबैभन्दा ठूलो टाउको दुखाइको बिषय बन्न जान्छ । त्यसले आत्मविश्वासमा पनि कमी ल्याउँछ । 

    जतिसुकै सफा र राम्रो लुगा लगाए पनि पसिनाको गन्धका कारण आसपासका मानिस सामु  हात उठाउन सहज हुदैँन र त्यसले ‘कन्फिडेन्स लेभल लुज’ समेत गराउँछ । अझ यो समस्या विशेष गरी ती मानिसहरूका लागि विपत्तिको रूपमौ आउँछ, जसको शरिरवाट औसत मानिसलाई आउने पसिना भन्दा बढी आउने गर्छ । जसका कारण ती मानिसहरु गर्मी महिना नै नआईदिओस भन्ने सोच्छन तर तिनले सोचेर गर्मि महिना नआउने भने हुन्न ।  

    अत्याधिक पसिना आउनुलाई चिकित्सकिय भाषामा ‘हाइपर हाइड्रोसिस’ भनिन्छ । यो अवस्था दुई कारणले हुन सक्छ । पहिलो, प्राकृतिक रूपमा शरीरमा अत्याधिक पसिना आउनु र दोस्रो बाहिरी अवस्थाका कारण अत्याधिक पसिना आउनु ।

     ‘हाइपर हाइड्रोसिस’ ले शरीरको एक विशेष भागलाई बढी असर गर्छ, जसको अर्थ हो शरिरको कुनै भागमा अन्य भागहरूमा आउने भन्दा बढी मात्रामा पसिना आउनु। यसमा सबैभन्दा बढी काखीमा बढी मात्रामा पसिना आउँछ र साथै हात खुट्टामा पनि अत्याधिक पसिना आउने समस्या पनि हुन सक्छ । 

    जसकाकारण सबन्धित ब्यक्तिलाई धेरै लज्जास्पद बनाउन सक्छ । धेरै पटक, आत्मविश्वासलाई असर गर्दै, यसले सामान्य जीवनलाई पनि असर गर्छ । यस्तो अवस्थाबाट बच्न ‘एन्टिपर्स्पिपरेन्ट डिओडोरेन्ट’ प्रयोग गर्न सकिन्छ । 

    यसका लागि पाँच उपाय अपनाउहोस

    १) काँखीमा पसिनाबाट कसरी छुटकारा पाउन ‘डिओड्रेन्ट’को प्रयोग गर्ने 

    २) दिनमा दुई पटक ‘एप्पल साइडर भिनेगर’ को प्रयोग गर्ने, 

    ३) कागतीको प्रयोग गर्ने 

    ४) नियमित रुपमा काँखीका रौँहरु हटाउने 

    ५) नियमित रुपमा पानी प्रयोग गरेर काँखी पखाल्ने
     

  • सम्बन्धित विषय:

  • # गर्मीमा काखी
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend