२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

कपालका लागि निकै लाभदायक चौलानी पानी


सञ्चार डबली
  • आइतबार, वैशाख ९ २०८१
  • 9.6K
    SHARES

  • images
    कपालका लागि निकै लाभदायक चौलानी पानी

     


    काठमाडौं ।  प्रायः कोरियाली र चिनियाँहरु कपाल हेरचाह सम्बन्धि आफनो उत्पादनहरूमा चामलको पानीको प्रयोग गरेको देख्नु भएको नै होला । धेरैले यसलाई अनुहारमा पनि लगाउँछन् र धेरैले कपाललाई बाक्लो र मुलायम बनाउनका साथै कपालको वृद्धि बढाउन चामलको पानी प्रयोग गर्छन्। तर, के चामलको पानी साँच्चै प्रभावकारी हुन्छ ? चामलको पानी चामल धोएर, भिजाएर र उमालेपछि निस्कने स्टार्च पानी हो।

    चामलको पानीमा भिटामिन बी १, भिटामिन बी ६, फस्फोरस, सेलेनियम, म्यांगनीज, म्याग्नेसियम र अन्य तत्वहरु पाइन्छ । यसमा पोटासियम, आयोडिन, जिंक र फाइबर पनि केही हदसम्म पाइन्छ। चामलको पानीले कपालमा लगाउँदा हुने फाइदा र त्यसले देखाउने प्रभावका बारेमा जान्नुहोस् ।

    चामलको पानीमा धेरै एन्टिअक्सिडेन्टहरू पनि पाइन्छ जसले कपाललाई समयपूर्व नै कालो हुनबाट रोक्छ। यस्तो पानीमा रहेको खनिज तत्वहरुले कपाललाई औषधीको रुपमा काम दिन्छ, जसकाकारण लगातार कपाल झर्न पनि रोकिन्छ।

    यो पर्यावरण मैत्री तरिकाले कपाल हेरचाह गर्ने कार्य चीनमा पनि व्यापक रूपमा प्रयोग गरिन्छ । जस्तो कि चीनको हुयांगुलुओ याओ गाउँका महिलाहरूको कपाल चामलको पानीले धोएपछि मात्र घुँडा मुनि पुग्ने विश्वास गर्छन । तपाई पनि चामलको पानीको फाइदा उर्ठाएर कपालमा लगाउनुहोस र आफ्नो कपाल कम्मरसम्म बढाउन सक्नुहुन्छ, घुँडासम्म मात्रै होइन।

    चामलको पानी बनाउने धेरै तरिकाः
    पहिलो तरिका भनेको चामल उमालेर यो पानी बनाउनु हो। यसका लागि आधा कप चामल लिनुहोस् र त्यसमा २ गिलास पानी मिसाउनुहोस्। अब यो चामल पकाउनुहोस् र पकाए पछि चामललाई छान्नुहोस् र बाँकी पानीलाई भाँडोमा राख्नुहोस्। यदि तपाईं चाहनुहुन्छ भने तपाई अलि बढी पानी पनि प्रयोग गर्न सक्नुहुन्छ।

    अर्को तरिका चामल भिजाएर चामलको पानी तयार गर्ने हो। यसका लागि एक कप चामललाई राम्ररी धुनुहोस् र त्यसमा २ देखि ३ गिलास पानी हालेर भिजाउनको लागि राख्नुहोस् । अब आधा घन्टापछि चामललाई छानेर पानी अलग गर्नुहोस्।

    फरमेटर राइस वाटर बनाउनका लागि २ कप चामल लिनुहोस् र त्यसमा दोब्बर पानी थप्नुहोस्। यसलाई २० देखि ३० मिनेट भिजाएर पानी छुट्याएर बोतलमा भर्नुहोस्। यो बोतललाई दिनभरको लागि बन्द गर्नुहोस् र यसलाई अँध्यारो ठाउँमा राख्नुहोस्। तपाईका लागि अब फर्मेटर राइस वाटर तयार भयो ।

    अब त्यो पानीले कपाल धुनुहोस । कपाललाई धुनका लागि तत्कालै चामलको पानी प्रयोग गर्न पनि सक्नुहुन्छ वा टोनरजस्तै शिरमा आधा घण्टासम्म राखेर कपाल धुन पनि सक्नुहुन्छ। अनि देख्नु हुँनेछ त्यसको जादु ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend