२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

पछिल्लो समय कोरोना हावाबाट फैलिएको विश्व स्वास्थ्य संगठनद्वारा स्वीकार


सञ्चार डबली
  • शुक्रबार, वैशाख ७ २०८१
  • 8.5K
    SHARES

  • images
    पछिल्लो समय कोरोना हावाबाट फैलिएको विश्व स्वास्थ्य संगठनद्वारा स्वीकार


    काठमाडौं । पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) विषयमा नयाँ तथ्य सार्वजनिक भएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र संसारभरका पाँचसय बढी वैज्ञानिकले अन्ततः कोभिड संक्रमण हावाबाट फैलिएको स्वीकार गरेका छन् । 

    यस सम्बन्धमा अहिलेसम्म विभिन्न विज्ञहरुले विभिन्न दाबी गर्दै आएका थिए । यस सम्बन्धमा प्रमाणसहितका प्राविधिक कागजातहरू बिहीबार डब्ल्यूएचओको जेनेभा मुख्यालयबाट जारी गरिएको छ ।

    डब्ल्यूएचओले प्राविधिक कागजातले दादुरा र भविष्यमा महामारीको खतरा जस्ता विद्यमान रोगहरूको प्रसारलाई राम्रोसँग व्यवस्थापन गर्न रणनीतिहरू बनाउन पनि जोड दिएको छ ।

    कोभिड संक्रमण हावाबाट सर्ने संक्रामक रोगको श्रेणीमा राख्न सकिने पनि उल्लेख गरिएको छ । भाइरस हावाबाट मानिसहरूमा पुग्ने र त्यसले संक्रमित गराउन मद्दत गर्ने निष्कर्ष पनि वैज्ञानिकहरुले निकालेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend