२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images
ओस्कर

ओस्करमा क्रिसलाई थप्पड हानेका विल स्मिथले एकेडेमीबाट दिए राजीनामा


सञ्चार डबली
  • मंगलबार, चैत २२ २०७८
  • 16.9K
    SHARES

  • images
    ओस्करमा क्रिसलाई थप्पड हानेका विल स्मिथले एकेडेमीबाट दिए राजीनामा

    हलिउड अभिनेता विल स्मिथले ओस्कर अवार्ड समारोहमा कमेडियन क्रिस रकलाई थप्पड हानेका थिए। उनै अभिनेता स्मिथले एकेडेमी (एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेस) बाट राजीनामा दिएका छन्।

    विल स्मिथले जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘९४ औं संस्करणको ओस्कर अवार्डमा मेरो प्रतिक्रिया पिडादायी र अक्षम्य थियो। मैले एकेडेमीको विश्वासलाई धोका दिएँ। मैले अन्य उम्मेदवार र विजेताहरूलाई उत्सव मनाउने अवसरबाट वञ्चित गरेँ।’

    यस्तै उनले परिवर्तन हुन समय लाग्ने भन्दै अब हिंसात्मक गतिविधि नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। एकेडेमीले पनि स्मिथको निर्णय उचित रहेको बताउदै राजीनामा स्वीकृत गरेको छ। साथै, अनुशासनको कारबाही प्रक्रिया अगाडि बढाइएको पनि एकेडेमीले जनाएको छ। स्मिसथले गत शनिबार लस एन्जलसस्थित ओस्कर अवार्ड घोषणा समारोहमा क्रिस रकले आफ्नी पत्नीमाथि मजाक उडाएको भन्दै स्टेजमै उक्लिएर थप्पड हानेका थिए।

    त्यसपछि उनले सार्वजनिक रुपमा क्रिससँग माफी समेत मागेका थिए। उक्त अवार्ड समारोहमा ‘किङ रिचार्ड’बाट उत्कृष्ट अभिनेताको अवार्ड समेत जितेका छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend