२०८३, मंसिर ४ गते

images
Logo

Nov 20 2026 | २०८३, मंसिर ४ गते

images
  • शुक्रबार, मंसिर ४ २०८३

आयोगले थाल्यो स्थानीय निर्वाचनको तयारी, आज दलहरूसँग छलफल


सञ्चार डबली
  • शुक्रबार, मंसिर ४ २०८३
  • 1.1K
    SHARES

  • आयोगले थाल्यो स्थानीय निर्वाचनको तयारी, आज दलहरूसँग छलफल

    काठमाडौं । निर्वाचन आयोग स्थानीय तहको चुनावको तयारीमा जुटेको छ । निर्वाचनको तयारीस्वरुप आयोगले राजनीतिक दलहरूसँग छलफल एवं परामर्श सुरु गरेको छ । 

    आयोगले आज विभिन्न राजनीतिक दलहरूसँग छलफल सुरु गर्ने भएको छ । सो प्रयोजनका लागि राष्ट्रिय राजनीतिक दलका प्रतिनिधिहरूलाई आयोगले छलफलका लागि आमन्त्रण  गरेको छ ।
        
    आयोगले आज बिहान ११ः३० बजे दलका नेताहरूलाई छलफलका लागि बोलाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आजका लागि राजनीतिक दलहरूलाई छलफलमा बोलाइएको जानकारी दिए । 

    प्रवक्ता भट्टराईले भने, “स्थानीय तहको निर्वाचनका विषयमा छलफलका लागि नै उहाँहरूलाई आयोगमा आमन्त्रण गरिएको हो ।”

    राष्ट्रिय दलको मान्यता प्राप्त दलहरूलाई आज छलफलका लागि आयोगमा आमन्त्रण गरिएको उनले बताए । स्थानीय एवं प्रदेश तहको निर्वाचनका सन्दर्भमा आयोगमा आज ती राजनीतिक दलका प्रतिनिधिहरूसँग आवश्यक परामर्श एवं छलफल हुने भएको हो ।

    प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन् । 

    स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आगामी वैशाखमा पूरा हुँदै छ । त्यसैले आयोगले नयाँ निर्वाचनको मिति घोषणा र निर्वाचनको तयारीका सन्दर्भमा गृहकार्य थालेको हो ।

    निर्वाचनको मिति तथा व्यवस्थापन, आवश्यक पूर्वतयारीका सम्बन्धमा राजनीतिक दलहरूको सुझावका लागि सो छलफल गर्न लागिएको आयोगले जनाएको छ । 

    आयोगले राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूसँगको छलफलपछि आयोगमा दर्ता भएका अरु राजनीतिक दलहरूसँग पनि छलफल गर्ने कार्यक्रम तय गरेको छ । रासस

    प्रतिक्रिया दिनुहोस

    images
    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend