२०८३, मंसिर ४ गते

images
Logo

Nov 20 2026 | २०८३, मंसिर ४ गते

images
  • शुक्रबार, मंसिर ४ २०८३

नेपाली राजदुत पाण्डेद्वारा भारतीय राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस


सञ्चार डबली
  • बिहीबार , मंसिर ३ २०८३
  • 1.6K
    SHARES

  • नेपाली राजदुत पाण्डेद्वारा भारतीय राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस

    काठमाडौँ । भारतकी राष्ट्रपति द्रौपदी मुर्मुले नेपालका राजदूत निश्चलनाथ पाण्डेबाट ओहोदाको प्रमाणपत्र ग्रहण गरेकी छन्।

    नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति मुर्मुले नेपाली राजदूत पाण्डेको ओहोदाको प्रमाणपत्र ग्रहण गरेकी हुन् ।

    नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति मुर्मुले पाण्डेको ओहोदाको प्रमाणपत्र ग्रहण गरेकी हुन् । 

    डा. पाण्डेलाई नेपाल सरकारले गत भदौ २ गते भारतका लागि राजदूतमा सिफारिस गरेको थियो । मन्त्रिपरिषद्को सिफारिसपछि संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएका पाण्डेलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) अनुसार गत कात्तिक ३० गते भारतका लागि आवासीय राजदूत नियुक्त गरेका थिए । सोही दिन उनले राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथसमेत लिएका थिए। 

    पाण्डे दक्षिण एसियाली मामिला तथा परराष्ट्र नीतिका जानकार हुन् । उनी यसअघि दक्षिण एसियाली अध्ययन केन्द्रका निर्देशकका रूपमा कार्यरत थिए । उनले सन् १९९८ देखि २००६ सम्म परराष्ट्र मामिला अध्ययन संस्थानको कार्यकारी निर्देशकको जिम्मेवारीसमेत सम्हालेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    images
    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend