काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ हजार ४ रुपैयाँले बढेको हो ।
अघिल्लो दिन २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन मूल्य आज प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेर २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढेको हो ।
आइतबार ४ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज ३५ रुपैयाँले बढेर ४ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

