२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

धनगढीमा आत्मदाह प्रयास गरेकी युवककाे काठमाडौं ल्याउँदै गर्दा बाटोमै मृत्यु


सञ्चार डबली
  • सोमबार, साउन ११ २०८३
  • 847
    SHARES

  • धनगढीमा आत्मदाह प्रयास गरेकी युवककाे  काठमाडौं ल्याउँदै गर्दा बाटोमै मृत्यु

    सुदूरपश्चिम । कैलालीको धनगढी उपमहानगरपालिका–७ की ३५ वर्षीय ज्योति चौधरीको आत्मदाहको प्रयासपछि गम्भीर घाइते अवस्थामा उपचारका लागि काठमाडौं लैजाँदै गर्दा आज बिहान बाटोमै मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गत शनिबार साँझ चौधरीले आफ्नै घरभित्र शरीरमा आगो लगाएका थिए । घटनापछि उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको अवस्थामा आफन्तले तत्काल उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी पुर्‍याएका थिए ।

    सेती प्रादेशिक अस्पतालबाट थप उपचारका लागि भेरी अस्पताल, नेपालगन्ज रिफर गरिएको भए पनि आफन्तले उनलाई सिधैँ काठमाडौं लैजाने निर्णय गरेका थिए। तर उपचारका लागि लैजाँदै गर्दा आज बिहान बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक कैलाशसिंह विष्टका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend